विराटनगरमा १५ सहित प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

 न्यूज विराट
विराटनगरमा १५ सहित प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, २७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १५, सुन्दरहरैचामा ६, बुढीगंगामा ४, उर्लाबारीमा ३, रंगेली र बेलबारीमा २–२, रतुवामाई, ग्रामथान, कानेपोखरी र लेटाङमा १–१, सुनसरीको धरान र इटहरीमा ९–९, बराहक्षेत्रमा ४, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ६, दमकमा ५, विर्तामोड र हल्दिबारीमा ३–३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कनकाई र कमल गाउँपालिकामा १–१, संखुवासभाको धर्मदेवी र चैनपुरमा १–१, खोटाङको जन्तेढुङ्गा र बराहपोखरीमा १–१, तेहृथुमको आठराई, इलामको देउमाई, पाँचथरको फालेलुङ, उदयपुरको बेलका र धनकुटाको धनकुटा नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र १२६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार २०६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त

आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...

प्रदेश १ मा ५ संक्रमित थपिए

विराटनगर, ३१ असार –प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको...

रोटरी क्लबको साक्षरता अभियान

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता...

इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेले उछिन्यो

विराटनगर, १ जेठ । सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मगगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पैडेल २३४१ म्तसहित अगाडी छन् । उनलाई एमालेका उम्मेदवार यामकुमार सुब्बाले १८...

विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...

माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...

जेठ ३२ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय

काठमाडौं, १७ जेठ-सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल पनि बन्द...

जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्