जेठ ३२ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय - News Birat

जेठ ३२ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय

न्यूज विराट

काठमाडौं, १७ जेठ-सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल पनि बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद मंगलबार राती सकिँदै छ ।

लकडाउन जारी रहे पनि नेपालमा पछिल्लो समय संक्रमितको संख्या तीवं गतिमा बढिरहको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको तथ्यांक अनुसार १ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय १९ जना निको हुँदा ६ जनाले ज्यान गुमाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles