काठमाडौं, २४ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् ।
नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् । थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै विताउने र रमाउने उत्कृष्ट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टी छोड्ने निर्णयमा पुगेको बताएका छन् ।
थापाले राप्रपाका कुनै पनि नेताहरूसँग आफ्नो बैरभाव नरहेको पनि बताएका छन् । भारी मन र पीडाबोधका साथ आफू राप्रपाबाट अलग हुने निर्णयमा पुगेको थापाले बताएका छन् ।