ओखलढुङ्गामै र्‍यापिड परीक्षण गर्ने तयारी

 न्यूज विराट
ओखलढुङ्गामै र्‍यापिड परीक्षण गर्ने तयारी

ओखलढुङ्गा, ४ वैशाख-ओखलढुङ्गामै कोरोनाको र्‍यापिड परीक्षण हुने भएको छ । प्रदेश नं १ सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामग्री उपलब्ध गराएपछि जिल्लामै कोरोनाको र्‍यापिड परीक्षण गर्ने तयारी थालिएको हो ।

प्रदेश सरबारबाट र्‍यापिड डाइग्नोस्टिक टेस्ट अर्थात आरडिटी किट प्राप्त भएसँगै जिल्लामै सहजरूपमा कोरोना जाँच गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

उनका अनुसार आरडिटी किटले शरीरमा भाइरसको सङ्क्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए र नभएको मात्रै निक्र्योल गर्छ । आरडिटीमा कोरोना पोजेटिभ भए कोरोनाको सङ्क्रमणको अनुमान लगाउन सकिन्छ ।

आरडिटी किट प्रयोग गरेर १५ मिनेटमै कोरोनाको रिपोर्ट हेर्न सकिने उनको भनाइ छ । प्रदेश सरकारले जिल्लाका लागि १ सय ५० वटा आरडीटी किट उपलब्ध गराएको छ ।जिल्लामा हालसम्म ६ जनाको पीसिआर टेस्ट गराइसकिएको छ । कोरोना सङ्क्रमणको अनुमान गरिएका विदेशबाट आएका ६ जनाको स्वाब धरान पठाएर पीसिआर टेस्ट गराइएको थियो ।

सबैको र्‍यापिड टेस्ट गरिने

जिल्लामा विदेशबाट आउने सबैको र्‍यापिड टेस्ट विधिबाट कोरोना परीक्षण गरिने भएको छ । मङ्गलबारको जिल्ला कमान्ड पोष्टले सो निर्णय गरेको हो । यसका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल तथा सम्बन्धित पालिकाहरुलाई संयोजनको जिम्मा दिइएको छ । रासस

सम्बन्धित समाचार

भर्चुअल प्रणालीबाट नयाँ शैक्षिकसत्र सुरु गरिने

काठमाडौं, १२ जेठ-सरकारले भर्चुअल माध्यमबाट पनि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् । कोरोना भाइरस...

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

विराटनगरमा करिब साढे तीन लाख मुल्य बराबरको पटाका नष्ट गरियो

विराटनगर, १६ कात्तिक । विराटनगरमा करीब साढे तीन लाख रुपैयाँ बराबरको पटाका नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट ल्याइएको तीन लाख ३४ हजार ८ सय रुपैयाँ मुल्य बराबरको पटाका नियन्त्रणमा लिएर नष्ट...

काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका ८ वटै...

संघीय निजामती ऐन एक महिनाभित्रै संसदमा पेश हुन्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अबको एक महिनाभित्रै संघीय निजामती ऐन संसदमा पेश हुने बताएका छन् ।मोरङको बेलबारीमा मंगलबार लोहन्द्र खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा बोल्दै मोदीले उक्त कुरा बताएका...

प्याब्सन प्रेसिडेन्ट कपमा सनरे स्कुल छनोट

विराटनगर । प्याब्सन प्रेसिडेन्ट कप यू – १५ फुटबल प्रतियोगितामा मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोडिङ स्कुल छनौट भएको छ ।नगर स्तरीय छनोट चरणमा बालदेवदुत बोर्डिङ स्कुललाई पेलान्टी सुटआउटमा २–१ गोलले हराउँदै सनरे...

मछिन्द्र क्लबले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो। दशरथ...

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्