नीति तथा कार्यक्रममा निजीक्षेत्रले उठाएका माग सम्बोधन गरिएको छ : शेखर गोल्छा - News Birat

नीति तथा कार्यक्रममा निजीक्षेत्रले उठाएका माग सम्बोधन गरिएको छ : शेखर गोल्छा

न्यूज विराट

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निजीक्षेत्रको मागलाई सम्बोधन गरेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले निजीक्षेत्रका अधिकांश माग सम्बोधन भएको बताएका छन् ।

लगानीमैत्री वातवरण बनाउनका लागि प्रकियागत झन्झट हटाउने, एकद्वार प्रणाली लागू गर्ने, निजीक्षेत्रसँग सहकार्य बढाउनेलगायतका विषय नीति तथा कार्यक्रममा परेका छन्  ।

त्यस्तै, प्राथमिकताप्राप्त उद्योगमा जग्गाको हदबन्दीलाई पुनर्संरचना गर्ने, विद्युत्‌मा छुट दिने, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने विषय पनि नीति तथा कार्यक्रममा परेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles