स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

 न्यूज विराट
स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार ७५२ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुनेछ ।

यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो ।

सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचन पहिले गर्ने की प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने भन्ने विषयमा मतभेद रहेको थियो । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएपछि गठबन्धनका नेताहरु जेठ महिनाभित्र नै निर्वाचन गर्ने विषयमा एकमत भएका थिए ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले श्री माध्यमिक विद्यालय कञ्चनबारीमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । विराटनगर ८ का वडाध्यव उद्धव अर्यालको उपस्थितीमा...

मोरङ कारागारमा खेलकुद प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारमा कैद भुक्ता गर्दै आएका कैदीबन्दीहरुबीच खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । कारागार भित्र बुधबार कैदीबन्दीहरुबीच खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आधा दर्जन बढी खेलहरु समावेश गरिएको थियो...

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ ।  सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो ।  एक...

तीनै तहका सरकारबिच हुने अन्तरविरोध अन्त्यको तयारीः मन्त्री तुम्वाहाम्फे

विराटनगर, फागुन १८–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले कानुन निर्माण गरेर तीन तहका सरकारवीच रहेका अन्तरर्विरोध अन्त्य गर्न लागिएको बताएकी छन् । आइतबारदेखि विराटनगरमा सुरू भएको प्रदेश १ का स्थानीय तहका उपप्रमुखहरूको प्रशिक्षण...

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना...

दुईवटा मोटरसाइकल जुध्दा २२ वर्षीष युवकको मृत्यु

रौतहट, ५ वैशाख । राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे  । बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र...

उद्योगीक प्रायोजनका लागि प्लास्टिक आयात खुला

काठमाडौँ, २५ असोज । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य कच्चा पदार्थ आयात बन्द गरेको महिनापछि औद्योगिक प्रयोजनका लागि भन्दै अर्को निर्णय गरेको छ । गत भदौ २८ मा राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्