कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो - News Birat

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

न्यूज विराट

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ४०२ जना महिला र ६२२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार मात्रै थप २ हजार २०६ जना निको भएको मन्त्रालयले जनाएको छ । देशभर १४ हजार २५५ जना सक्रिय संक्रमित रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles