ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

 न्यूज विराट
ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ ।  सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो । 

एक महिने ब्यूटिपार्लर तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागी भएकाहरूलाई  विराटनगर ४ का वडाध्यक्ष जितेन थापा, वडा सदय सरिता घिमिरे, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरकी सचिब भली सुब्बालगायतले प्रमाणपत्र वितरण गरेका थिए । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमले ठुलो सहयोग पुग्ने बताए । उनले आगामी दिनमा महिलाहरूलाई आत्मनिर्भर बनाउने क्षमता अभिवृद्धिमा पनि वडा कार्यालय अगाडी बढ्ने बताए । कार्यक्रममा विराटनगर ४ नं. वडाका वडा सदस्य सरिता घिमिरेले घरको चुलो चौकमा व्यस्त रहने महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमले सहयोग पुग्ने बताइन् । 

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक महिने तालिम दिएको सिक्वीन ब्युटी पार्लरका सञ्चालक तथा ब्यूटिसियन कला डाँगीले बताइन् । महिना दिनसम्म संचलान  भएको तालिमको प्रशिक्षक ब्यूटिसियन कला डाँगी , बिना अधिकारी  र पुनमा साह रहेकी थिइन् । तालिममा ३० जना महिलाहरूको सहभागी रहेको थियो । तालिममा सहभागीहरूले घरको चुलो चोकमा व्यस्त रहने महिलाहरू आत्मनिर्भर हुन सहज भएको बताए । उनीहरूले आधारभूत तहको एडभान्स तालिम लिएकाले अब लेभल दुई तालिम दिनुपर्नेमा जोड दिए । 

सम्बन्धित समाचार

कोरोना कहरः संक्रमितको संख्या साढे १८ लाख नाघ्यो, अमेरिकामा रोकिएन मृत्युको सिलसिला

काठमाडौं, १ वैशाख-विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या साढे १८ लाख नाघेको छ । गएको २४ घण्टामा ७२ हजार ५ सय थपिएसँगै संक्रमितको संख्या साढे १८ लाख नाघेको हो । त्यस्तै, आइतबार विश्वभर ५...

पाकिस्तानी प्रधानमन्त्री खानले गरे ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं, फागुन २१–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेको...

चीनले सन् २०२० भित्रै कोभिड- १९ खोपको ६१ करोड मात्रा उत्पादन गर्ने

एजेन्सी, ९ असोज-कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा...

प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु हुँदै, १६१ खेलाडी सहभागि हुने

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता...

विराटनगरका मेयर भीम पराजुलीले दिए राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । उपमेयर इन्दिरा कार्कीमार्फत राजीनामा बुझाएको प्रेस सल्लाहाकार कौशल निरौलाले बताए । काठमाडौंमा रहेका पराजुलीले विराटनगर आएलगत्तै राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा पराजुलीले...

थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण...

२ घण्टा छाङ्ग्रुमा बिताएर फर्के प्रधानसेनापति र सशस्त्रका आईजीपी

काठमाडौं, ३ असार-दार्चुलाको छाङ्ग्रु निरीक्षण गरेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल फर्किएका छन् । ३१ वैशाखमा सशस्त्र प्रहरी बलले स्थापना गरेको आउट बोर्डर पोस्ट (बीओपी) र नेपाली...

महिला क्रिकेट प्रतियोगिता, लगातार चार खेल जित्दै वालिका र सुरस्वती स्कुल फाइनलमा

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा लगातार चार खेलमा जित निकाल्दै सरस्तवी र बालिका स्कुल फाइनलमा पुगेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्