तीनै तहका सरकारबिच हुने अन्तरविरोध अन्त्यको तयारीः मन्त्री तुम्वाहाम्फे

 न्यूज विराट
तीनै तहका सरकारबिच हुने अन्तरविरोध अन्त्यको तयारीः मन्त्री तुम्वाहाम्फे

विराटनगर, फागुन १८–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले कानुन निर्माण गरेर तीन तहका सरकारवीच रहेका अन्तरर्विरोध अन्त्य गर्न लागिएको बताएकी छन् । आइतबारदेखि विराटनगरमा सुरू भएको प्रदेश १ का स्थानीय तहका उपप्रमुखहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा तुम्बाहाम्फेले तीन तहका सरकारवीचको अन्तर्विरोध अन्त्य गर्न कानुनमै व्यवस्था गर्न लागिएको बताइन् ।

तुम्बाहाम्फेले राम्रो काम गरेर देखाउन स्थानीय तहका उपप्रमुखहरूलाई आग्रह पनि गरिन् । अधिकांश महिलाहरू उपप्रमुख भएका कारण राम्रो काम गरेर इतिहासमा स्थापित हुन तुम्बाहाम्फेको आग्रह छ । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले बजेट विनियोजन गरेर योजना तर्जुमा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।

पोखरेलले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा संसदहरूले आफू खुसी गोजीका योजनाहरू बांड्ने काम राम्रो नभएको धारणा राखे । कार्यक्रममा प्रदेश १ का १ सय ३७ वटै स्थानिय तहका उपप्रमुखहरूको सहभागिता छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदुर पश्चिम प्रदेशबाट सुरू गरिएको प्रशिक्षण कार्यक्रम ६ वटा प्रदेशमा सम्पन्न भइसकेको छ । प्रशिक्षणमा योजना तर्र्जुमा, राजस्व अनुगमन र न्याय सम्पादनका विभिन्न पाटोका विषयमा प्रशिक्षकहरूले प्रशिक्षण दिने जनाइएको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College