मोरङको धनपालथानमा कांग्रेस–एमालेबिच कडा टक्कर, झिनो मतले कांग्रेसको अग्रता - News Birat

मोरङको धनपालथानमा कांग्रेस–एमालेबिच कडा टक्कर, झिनो मतले कांग्रेसको अग्रता

न्यूज विराट

मोरङको धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच कडा टक्कर भएको छ । हालसम्म कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको हो ।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवारले १३९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारले १२३ मत प्राप्त गर्दै दोस्रो स्थानमा पछ्याई रहेका छन् ।

तेस्रो स्थानमा जनता समाजवादी पार्टीको उम्मेदवार छन् । जसपा उम्मेदवारले ७६ मत प्राप्त गर्दा चौथौ स्थानमा माओवादी केन्द्रका उम्मेदवारले ६० मत प्राप्त गरेको जनाइएको छ । धनपालथान गाउँपालिकामा कांग्रेस र एमालेबिच कडा प्रतिष्पर्धा हुने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles