विराटनगर । स्वर्गीय शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता २०८१ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन जुनियर, सब जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो ।
जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले एभरेष्ट स्कुलका सुशान्त मेहतालाई ११(८, १३(११, ४(११,११(९ सेट स्कोरले पराजित गरि प्रथम स्थान प्राप्त गर्न सफल भए । लिलिपुट स्कुलका श्रीजल प्याकुरेल र एभरेष्ट स्कुलका सक्षम बस्नेत संयुक्त रुपमा तृतीय भए ।
जुनियर गर्ल्स सिङल्सतर्फ सेन्ट मेरिज स्कुलकी बिज्ञता थापाले एभरेष्ट स्कुलकी कृपा पोखरेललाई ८(११,८(११,११(६,११(८,११(७ सेट स्कोरले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भइन । बुढानिलकण्ठ स्कुलकी आकृति मगर र सेन्ट जोसेफ स्कुलकी अनोखी साह संयुक्त रुपमा तृतीय भए ।
सबजुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका आदर्श राजबंशीले अरनिको स्कुलका आयुद्द भण्डारीलाइ ११(३,६(११,१०(१२, ११(८,११(५ सेट स्कोरले पराजित गर्दै प्रथम भए । बुढानिलकण्ठ स्कुलका आयन श्रेष्ठ र सोही स्कुलका प्रेम राज थापा संयुक्त रुपमा तृतीय भए ।
सब(जुनियर गर्ल्स सिङल्स्तर्फ श्री श्री रविशंकर विद्या मन्दिरकी स्वस्तिका चौधरी प्रथम भइन, एभरेष्टकी आशना कटवाल द्वितीय, बुढानिलकण्ठकी मानसी तामाङ र सेन्ट मेरिजकी आर्या पराजुली संयुक्त रुपमा तृतीय भए ।
क्याडेट ब्वाइज सिङल्सतर्फ एभरेष्ट स्कुलका रेहान यादव प्रथम, बिकेभिएमका ऋषि साह द्वितीय, पिटर प्यान प्ले पेनका नीर जङ थापा र पोखरिया माविका रक्ष बुढा संयुक्त रुपमा तृतीय भए ।
क्याडेट गर्ल्स सिङल्स्तर्फ श्री श्री रविशंकर विद्या मन्दिरकी प्राप्ती सेढाइ प्रथम, अरनिकोकी स्वर्णिमा कोइराला द्वितीय, अरनिकोकै साइना अधिकारी र सेन्ट मेरिजकी अध्यता गौतम संयुक्त रुपमा तृतीय भए । प्रतियोगीताका उत्कृष्ट खेलाडी बिकेबिएमका अभिराज मेहता घोषित भए भने उदयीमान खेलाडीको पुरस्कार जेम्स इन्टेरनेशनलका बिनायक कार्कीले प्राप्त गरे। समापन समारोहमा प्रदेश सभा सदस्य भीम पराजुली प्रमुख अतिथिको रुपमा उपस्थित थिए। विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापा, सचिव राजेश भट्टराई, अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्षद्वय अनुज बाँनिया र मनोहर पोखरेल, वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरिक्षक बुद्ध श्रेष्ठ, भुपु राखेप वरिष्ठ प्रशिक्षक ध्रुव क्षेत्री लागायतले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।
बुटवल, २५ जेठ-बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो...
काठमाडौं, २८ कात्तिक-वायु सेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप...
चितवनमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४३५ दुर्घटना भएका...
काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...
विराटनगर । मोरङको कटहरी गाउँपालिकाका कांग्रेस नेता तथा पूर्व पालिका अध्यक्ष रामकुमार कामतको मिटरब्याज जालो फेरि एकपटक उजागर भएको छ। अवैध रुपमा ब्याजदर असुली गर्दै घरजग्गा कब्जा गर्ने कामतको शैलीका कारण अहिले कटहरी–३ का वडाध्यक्ष...
विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता...
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेर अत्यावश्यक सेवा दिने निकायमा कार्यरतबाहेक घरमै बस्न भनेका राष्ट्रसेवक कर्मचारीलाई पनि काममा खटाउने भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९...
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित...