क्यानद्वारा ३० सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा

 न्यूज विराट
क्यानद्वारा ३० सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् ।

ओमानमा हुने टि–२० विश्वकपको क्वालिफायरका लागि पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको हो । टिमको कप्तानमा यसअघि नै क्यानले सन्दिप लामिछानेलाई तोकिसकेको छ । उपकप्तान भने चयन गरिएको छैन ।

क्यानले हालै अनुशासनको कारवाही गर्दै सेन्ट्रल कन्ट्राक्टबाट ६ महिनाका लागि बाहिर राखेका ४ खेलाडी ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी सबैजना प्रारम्भिक टोलीमा परेका छन् ।

नवनियुक्त प्रशिक्षक पुबुदु दासानायेकेसँगको परामर्शमा क्यानको छनोट समितिले बन्द प्रशिक्षणका लागि टिम छनोट गरेको हो । बन्द प्रशिक्षण १ जनवरीबाट सुरु हुने क्यानले जनाएको छ ।

सम्बन्धित समाचार

व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

दार्चुला, २ मंसिर-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्गरु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा ५/६ इन्च हिउँ जमेको छ । ती क्षेत्रका...

जनता र राजाको सहमति अवज्ञाले मुलुक जटिलतामा फस्याेः पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमति अवज्ञा गरी निषेध र विभेदको राजनीति सुरु गरिएकाले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । ७१औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले प्रजातन्त्र प्राप्तिको ७०...

राष्ट्रियसभा अध्यक्षको घोषणाः अब म भत्ता लिन्नँ

काठमाडों, २१ जेठ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २२ जेठदेखि आफूले पाउने कुनै पनि खालका भत्ता नलिने घोषणा गरेका छन् । मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै यस्तो बेला आफूले कुनै पनि भत्ता नलिने उनको घोषणा...

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर, १८ फागुन । झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र...

कोरोनाबाट मृत्यु भएका मध्ये ३ देशमा आधाभन्दा बढी संख्या

एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेमध्ये आधाभन्दा बढी संख्या ३ वटा देशमा छ । अमेरिका, बेलायत र इटालीमा मात्रै विश्वमा मृत्यु भएका मध्ये आधाभन्दा बढीको मृत्यु भएको हो । कोरोना भाइरसका कारण...

ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको ज्यान जान सक्छः बाइडेन

एजेन्सी, २ मंसिर-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो आगामी राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पले अवरुद्ध पारिराखेमा थप कोरोना संक्रमितको ज्यान जानसक्ने चेतावनी दिएका छन् । डेलावेयरमा एक सम्बोधनका क्रममा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसको प्रकोप रोक्न...

नोबलमा कोरोना संक्रमितको मृत्यु

विराटनगर १२ असोज–विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका...

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

नयाँ दिल्ली १९ मङ्सिर-भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्