विराटनगर, फागुन २२–धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार सर्वसम्मत रुपमा संघको अध्यक्षसहित सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले औपचारकि रुपमा पदभार ग्रहण गरेका हुन् ।
सोमबार अध्यक्षमा विजयसञ्तोषी राई वरिष्ठ उपाध्यक्षमा तारा तितुङ, उपाध्यक्षमा कृष्णराज श्रेष्ठ, खगेन्द्रकुमार बिष्ट, महिला उपाध्यक्षमा निर्मला राई श्रेष्ठ, महासचिवमा रामबहादुर तामाङ गोङ्वा, सचिवमा रामबहादुर राया र कोषाध्यक्षमा रुपेश श्रेष्ठ विजयी भएका थिए ।
त्यस्तै सदस्यहरुमा अम्विका धमला, रेजिना पालिखे लगायत रहेका छन । पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष राईले उद्योग वाणिज्य संघलाई प्रभावकारी बनाउँदै धनकुटाको विकास कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट अगाडि बढाउने बताए ।