विराटनगरमा ७५ सहित प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ७५ सहित प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण

विराटनगर, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा ३–३, लेटाङ , कानेपोखरी र स्थानीय तह नखुलेका २–२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा ४, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा ३–३, हरिनगर, गढी र देवानगञ्जमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ५, अर्जुनधारामा ४, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१, उदयपुरको चौदण्डीगढीमा २, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७३ महिला र ४७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ७७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विष्फोटक पदार्थसहित विप्लवका इन्चार्ज र कार्यकर्ता पक्राउ

इलाम, २३ वैशाख  -इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे...

सप्तकोसीमा सञ्चालित पानीजहाज बन्द

विराटनगर, फागुन १सप्तकोसी नदीमा सञ्चालित पानीजहाजहरू बन्द भएका छन् । जल यातायात व्यवसायी महासंघमा आवद्ध भएर सुनसरीको चतराबाट भोजपुरसम्म सञ्चालन हुँदै आएका विभिन्न ७ वटा पानीजहाजहरू सुरक्षाको कारण देखाउँदै बन्द गरिएका हुन् । महासंघले बिहीबार...

स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्बिरोध निर्वाचित : एमाले सवैभन्दा बढी (सूचीसहित)

काठमाडौं, बैशाख २० । स्थानीय तह निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेमा नेकपा एमाले सवैभन्दा पहिलो दल बनेको छ । निर्वाचनमा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित हुँदा एमाले पहिलो बनेको हो । निर्वाचन आयोगका अनुसार एमाले...

सप्तरीमा ४९ वर्षीय पुरुष संक्रमितको घरमै मृत्यु

सप्तरी, ६ असोज-सप्तरीमा कोरोना भाइरस संक्रमित विष्णुपुर गाउँपालिका- १ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट...

विराटनगरमा सात दिने पत्रकारिता तालिम सम्पन्न

विराटनगर, ३ चैत । सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्वन्धि सात दिने आधारभूत तालीम सोमबार विराटनगरमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौ र मोरङ शाखाद्वारा संयुक्त रुपमा सञ्चालित तालिममा मोरङ,...

हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएका वेबसाइट सामुदायिक विद्यालयलाई निःशुल्क हस्तान्तरण

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी...

स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार

काठमाडौं, ३ बैशाख-सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ...

२९ वर्षीया कविताले पाइन् नयाँ जीवन, उच्च रक्तचाप भएकी गर्भवतीको मोरङ सहकारीमा निःशुल्क उपचार

विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका – ८ की २९ वर्षीया रक्तअल्पता भएकी गर्भवति महिला कविता राईको मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचार भएको छ । आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्