सप्तकोसीमा सञ्चालित पानीजहाज बन्द

 न्यूज विराट
सप्तकोसीमा सञ्चालित पानीजहाज बन्द

विराटनगर, फागुन १सप्तकोसी नदीमा सञ्चालित पानीजहाजहरू बन्द भएका छन् । जल यातायात व्यवसायी महासंघमा आवद्ध भएर सुनसरीको चतराबाट भोजपुरसम्म सञ्चालन हुँदै आएका विभिन्न ७ वटा पानीजहाजहरू सुरक्षाको कारण देखाउँदै बन्द गरिएका हुन् । महासंघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको छ । महासंघका सदस्य राजेन्द्र कार्कीले स्थानीयको अवरोधका कारण सञ्चालनमा समस्या उत्पन्न भएपछि शहीद भूमिको त्रिवेणीमा पानीजहाजहरू रोकिएको बताए ।

उनले स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग राख्न थालेपछि बन्द बन्द गर्न बाध्य भएको जल यातायात व्यवसायीले बताए । सो ठाउँमा बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोटर््स प्रालिले ७ वटा पानीजहाज सञ्चालन गर्दै आएका छन् । सप्तकोसीमा दुई वर्षअघि पानीजहाज परीक्षण गरी सञ्चालनमा आएको थियो । एक वर्षदेखि भने नियमित सञ्चालन हुने गरेको थियो । सप्तकोसीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सातवटा पानीजहाज चल्दै आएका छन् ।

चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानीजहाज सञ्चालनमा आएपछि आउजाउमा सहज भएको थियो भने पर्यटकलाई समेत सहज भएको थियो । तराई झर्ने र पहाडतर्फ जानेहरू हिँडेर जाँदा निकै लामो समय लागे पनि भोजपुरको सिम्लेसम्म १२ देखि १५ मिनेटमा पुग्न सकिन्छ । जल यातायात व्यवसायी महासंघले यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी तथा वैज्ञानिक र वैधानिक भाडा निर्धारण भएपछि मात्र जहाज सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

जागरण अभियान चलाउने तेली अगुवाको प्रतिवद्धता

विराटनगर । तेली कल्याण समाजमा आवद्ध भएका अगुवाहरुले शहरदेखि गाउँसम्म जागर अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सचेतना अभियानसँगै कानुन र नेतृत्व विकासको लागि जागरण अभियान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । तेली कल्याण...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता 

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पोषक प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा एसकेजीसम्म ६४ जना विद्यार्थीको...

पाकिस्तानमा लकडाउनको अवधि थप

एजेन्सी, बैशाख १३-पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानी सरकारले आगामी ९ मेसम्मका लागि लकडाउन लागू भइरहने...

कांग्रेस अधिवेशन प्रदेश १: नेतृत्व चयनका लागि सुरु भयो मतदान

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि मतदान रोकिएको थियो । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७० संक्रमित थपिए

विराटनगर, ४ कात्तिक–प्रदेश १ मा आज आठ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा चार सय ४९, मोरङमा तीन सय ३७, झापामा ३८, इलाममा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ संक्रमित थपिए

विराटनगर, २४ मंसिर–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक...

पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश : तत्कालीन माओवादी मन्त्री प्रचण्ड निवासमा

सरकारले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश लिएको छ । केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्ने गरी अघि सारिएको अध्यायदेश सोमबार मन्त्रिपरिषद् बैठकले पारित गरेको एक मन्त्रीले बताएका...

खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्ता

काठमाडौं, १५ वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए । अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्