स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार

 न्यूज विराट
स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार

काठमाडौं, ३ बैशाख-सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र शिक्षा मन्त्रालयका दीपक शर्मा रहेको समितिसमेत गठन गरेको छ ।

समितिले विभिन्न मेडिकल कलेजमा अध्ययन गरेका स्वयम्सेवा गर्ने इच्छुक चिकित्सक र नर्सको विवरण तयार पारेको छ । अहिलेसम्म करिब स्वयम्सेवी गर्ने इच्छुक २ हजार १२ स्वास्थ्यकर्मीको सूची समितिले तयार पारेको आयोगका उपाध्यक्ष डा. गिरीले जानकारी दिए ।

तीमध्ये ५ सय २७ जना चिकित्सक र १ हजार ४ सय ८६ जना नर्स रहेका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट सय जना, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज सिनामङ्गल, किष्ट मेडिकल कलेज, काठमाडौँ, मनिपाल मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज काठमाडौँ, युनिभर्सल मेडिकल कलेज भैरहवा र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट ५० जनाका दरले चिकित्सक स्वयम्सेवी रुपमा परिचालन हुनेछ ।

यसैगरी, नोवेल मेडिकल कलेज विराटनगर १ सय ५०, विराट मेडिकल कलेजबाट १ सय १८, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेजले पनि १ सय जनाका दरले नर्स खटाउने भएका छन् ।

ती स्वास्थ्यकर्मीलाई प्रभावित ठाउँमा खटाइने तयारी गरिएको आयोगका उपाध्यक्ष डा. गिरीले बताए । सरकारले विश्वव्यापी महामारी भएको कोभिड–१९ को रोकथाम गर्नका लागि जनशक्तिको सुनिश्चिताका लागि आवकाश प्राप्त र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई समेत परिचालन गर्ने निर्णय गरेको थियो ।

ती जनशक्तिलाई स्वयम्सेवी वा सेवा सुविधा दिएर कम्तीमा तीन महिनाका लागि खटाइनेछ । मन्त्रालयले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी काममा खटाइने छ । रासस

सम्बन्धित समाचार

आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा...

बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

काठमाडौं, पुस ७–विद्यार्थीलाई ठक्कर दिएपछि काठमाडौंको चाबहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले गाडीमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका थिए...

कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परीक्षण

विराटनगर, ८ वैशाख-प्रदेश १ मा सोमबारसम्म ३ हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए/नभएको धमाधम परीक्षण गरिरहेको छ ।...

धानपालथान–५ का ३०२ परिवारलाई ‘ब्ल्यांकेट’ वितरण

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ का तीय सय बढी परिवारलाई बढ्दो चिसोबाट बच्नका लागि ‘ब्ल्यांकेट’ वितरण गरिएको छ । धनपालथान गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले ३०२ जना अपाङता भएका व्यक्ती, सुत्केरी, ज्येष्ठ नागरीक एवम् अतिविपन्न...

पाकिस्तानसँगको टेस्ट सिरिज न्युजिल्याण्डद्वारा ‘क्लिनस्विप’

एजेन्सी, २२ पुस-अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्याण्ड टेस्ट क्रिकेटको विश्व...

चीन र भारतको जनसंख्याभन्दा बढी खोप बनाउने तयारी

एजेन्सी, असार ११-कोरोना भाइरसको महामारीको उपचार र त्यससँग सम्बन्धित तयारीबारे नजिकबाट नियालिरहेको एक प्रभावशाली संगठनले कोरोना भाइरसविरुद्धको चार अर्ब खोप उत्पादनको क्षमता रहेको बताएको छ । कोरोनाविरुद्धको खोपका ९ परियोजनामा यो संगठनले काम गरिरहेको छ...

बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे । ना ४ ख ६२४८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्