मोरङको धनपालथानस्थित उखुबारीमा शव फेला प्रकारणःहत्या आरोपमा तीन जना पक्राउ

 न्यूज विराट
मोरङको धनपालथानस्थित उखुबारीमा शव फेला प्रकारणःहत्या आरोपमा तीन जना पक्राउ

विराटनगर, २१ माघ । तीन जनाको बीभत्स हत्याका आरोपीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका– २१ का ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनीका अमित साह भनिने दीनानाथ सुनुवार र मोरङको धनपालथान गाउँपालिका– ७, कमलपुरका ६२ वर्षीय नासिर आलम छन् ।

उनीहरूले तेह्रथुमका ६२ वर्षीय मोहनकुमार लिम्बू, सुनसरीको धरान– ३  का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भु चौधरीको बीभत्स हत्या हत्या गरेका थिए ।

श्रेष्ठ र चौधरीलाई उनीहरूले मोरङमा हत्या गरेर उखुबारीमा गाडेका थिए । लिम्बूलाई भने मण्डलको समूहले ललितपुर गोदावरी नगरपालिका– १२, धापाखेलमा हत्या गरेका थिए । उनको शव प्रहरीले बिहीबार फेला पारेको थियो ।

प्रहरीको अनुसन्धानले ५ माघमा श्रेष्ठ, ७ माघमा चौधरी र २८ मंसिरमा लिम्बूको हत्या गरेको खुलेको छ । लिम्बूको हत्यापछि उनीहरूले श्रेष्ठ र चौधरीलाई मोरङ पुर्‍याएर हत्या गरेका हुन् ।

प्रहरीको अनुसन्धानले हत्याको पछाडि आर्थिक कारण मुख्य भएको जनाएको छ । श्रेष्ठ र चौधरीको शव भने मोरङ प्रहरीले १२ माघमा फेला पारेको थियो ।

सम्बन्धित समाचार

संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न एमालेले हतार नगर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हतार नगर्ने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि शिलापत्रसँग कुराकानी गर्दै सांसद शेरबहादुर तामाङले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध संसद सचिवालयमा...

एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ संक्रमित थपिए

विराटनगर, २८ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

विराटनगर, १२ पुस-प्रदेश १ का थप तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय...

घरेलु तथा साना उद्योगका समस्या समाधान गर्न माग

विराटनगर, फागुन २२–घरेलु, लघु तथा साना उद्योगीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा उद्योगीहरुले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई...

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

सप्तरीमा मृग मार्ने २ जना पक्राउ

जनकपुर, १९ वैशाख-लकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् । यसैबीच, जिल्लाको अग्नीसाइर कृष्णासवरण...

सफ्ट टेनिसको उपाधि श्रेया र आशिषलाई

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिताको उपाधि श्रेया योञ्जन र आशिष बोहराले जितेका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ श्रेयाले र पुरुष सिंगलमा आशिषले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्