प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा - News Birat

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

न्यूज विराट

विराटनगर, १२ पुस-प्रदेश १ का थप तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।

नेकपा विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । आङ्बोलाई पदमुक्त गरेसँगै प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।गजमेरलाई प्रधानमन्त्री ओलीले आफू पक्षको केन्द्रीय सदस्यमा नियुक्त गरेपनि त्यसलाई अस्वीकार गर्दै प्रचण्ड–नेपाल पक्षमा लागेकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles