संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न एमालेले हतार नगर्ने

 न्यूज विराट
संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न एमालेले हतार नगर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हतार नगर्ने भएको छ ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि शिलापत्रसँग कुराकानी गर्दै सांसद शेरबहादुर तामाङले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव तत्काल दर्ता नगर्ने बताएका हुन् ।

संसद पुनःस्थापनाको फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलले महाभियोग दर्ता गरेपछि संवैधानिक इजलासमा बसेका न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाभियोग लगाउने तयारी गरेको थियो ।

‘महाभियोग लगाउन आवश्यक हस्ताक्षर तयार पारेका छौँ । तर, न्यायाधीशहरूमाथि हतारमा महाभियोगको प्रस्ताव दर्ता चाहिँ गरिहाल्दैनौं,’ उनले भने ।

उनले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएपछि संवैधानिक इजलासका अन्य चार न्यायाधीशहरूमाथि पनि महाभियोग लगाउने कि भन्ने निष्कर्षमा पुगिए पनि हतारमा निर्णय नलिइने बताए ।

सम्बन्धित समाचार

छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...

भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...

पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गर्नुभयो । विराटनगर क्षेत्रभित्रका पशुपालक...

कोरोना नेगेटिभ रिपोर्ट नभए अमेरिका प्रवेश गर्न नपाइने

अमेरिका उडान गर्न चाहने यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरूले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु...

स्थानीय चुनाव : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय...

४५ जना क्वारेन्टाइनबाट भागे

बुटवल, ४ जेठ-प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका-८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे...

नेकपाको स्थायी कमिटी बैठक एक घन्टामै स्थगित

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक घन्टामै स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकमा योगेश भट्टराई, लिलामणि पोखरेल, केशव खतिवडा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका थिए...

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

काठमाडौं, ११ वैशाख-मध्यरातमा भएको सहमतिअनुसार निर्वाचन तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । बिहिबार दल दर्ता १३८८ मा दर्ता गरिएको हो ।  अहिलेलाई नयाँ दलको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्