एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

 न्यूज विराट
एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी सुनसरीलाई टाइबे्रकरमा ३–२ गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयसम्म २÷२ गोलको बराबरी भएपछि टाइब्रेकरबाट खेलको छिनोफानो भएको थियो । टाइब्रेकरमा एपिएफका नविन चन्द्र चौधरी, राजकुमार कन्दङबा र बिमल तामाङ्गले गोल गर्दै टिमलाई फाइनलको यात्रा सुरक्षीत गराएको छ । दुहबीका शंकर चौधरी र उमेश कार्कीले मात्र गोल गरेका थिए । कविन्द्र चौधरीले टाइब्रेकरमा गरेको प्रहार एपिएफका गोलरक्षक दिलकुमार लिम्बुले उत्कृष्ट बचाउ गरिदिए । टाइब्रेकरमा बिवेक पौडेलको प्रहार बाहिरिदा दुहबी पराजित भयो ।

खेलको पहिलो हाफमा एपीएफलाई दबाबमा राखेको दुहबीले पहिलो हाफको ११ औं मिनेटमा उमेश कार्कीले गोल गरि टिमलाई अग्रता दिलाए । एफिएफका खेलाडीले डिबक्स भित्र दुहबीका दिनेश राईलाई लडाएपछि रेफ्री बिक्की कार्कीले दुहबीलाई पेनाल्टी हान्न दिए । पेनाल्टी सुटआउटमा दुहबीका उमेशले गोल गरेका थिए ।

पहिलो हाफसम्म १–० गोलले अग्राता कायम गरेको दुहबीलाई दोस्रो हाफदेखि एपीएफले सुधारेको प्रर्दशन ग¥यो । खेलको ४६ औं मिनेटमा कर्नर साइटबाट एपीएफका खेलाडीले प्रहार गरेको बल दुहबीका अरुण लिम्बुको जिउँमा लागेर आत्मघाती गोल भएको थियो ।

खेलको ६१ औं मिनेटमा एपीएफका उज्जवल चाम्लिङ राईले गोल गरि टिमको अग्रता कायम ग¥यो । एपिएफले दोस्रो गोल गरेको २० मिनेट बित्न नपाउँदै खेलको अन्त्यमा थप गरिएको अत्तिरिक्क्त समयमा दुहबीका दिनेश राईले गोल गरि खेल बराबारीमा ल्याएका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका उज्जवल चाम्लिङ्ग राई घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् । बिहीबारको दोस्रो सेमिफाइनल खेल साइनो स्पोर्ट्स क्लब रानी र धरान सिटी फुटबल एकाडेमी बिच हुनेछ । साइनोले क्वाटरफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोलले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो ।

सम्बन्धित समाचार

टिभिएसको एक्सचेन्ज मेलामा दश लाख जित्ने पाण्डेलाई नगर परिक्रमा

विराटनगर । विराटनगर मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी भएको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दश लाख नगद जितेका पाण्डेलाई नगर परिक्रमा गराएको छ । टिभिएसको मोटरसाइकलमा राखेर पाण्डेलाई नगर...

अफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दामा आज सुनुवाई तोकिएको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको...

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १९ पुग्यो

काठमाडौं, फागुन २८–पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएको छ भने अरु ३ जना गिल्गीत बाल्टिस्तानमा र अर्का एक जना गत हप्ता पूर्ण निको भएर...

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी...

स्ववियू निर्वाचन : सभापतिका उम्मेदवार रोहित भन्छन्, ‘विद्यार्थीको हितमा सधैं लड्नेछु’

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त...

महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा महेन्द्र, सरस्वती , आर्दश र आर्दश बालिका स्कुल विजयी भएको...

बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरस संक्रमण

बेलायती राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ‘पोजिटिभ’ देखिएको बेलायती राजदरबारले जनाएको छ। यस्तै डचेज अफ क्रनवालको पनि परीक्षण गरिएकोमा उनलाई भने कोरोना...

नेपाली भूमि डुबानका विषयमा नेपालले भारतसँग वार्ता गर्ने

काठमाडौं, २ साउन-नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन (अनन्त)ले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्