सुनवर्षीबाट ७ लाखको अवैध चाँदीसहित एक महिला पक्राउ

 न्यूज विराट
सुनवर्षीबाट ७ लाखको अवैध चाँदीसहित एक महिला पक्राउ

विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ ।

मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ६ की २९ वर्षीय मन्जु सहनी रहेकी छिन् । उनको साथबाट प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ७ लाख बराबरको चाँदीको गरगहना बरामद गरेको छ ।

सहनीले बोकेको लेडिज ब्यागमा प्लाष्टिकको टेपले बेरेको पोकाभित्र चाँदी जस्तो देखिने धातुका विभिन्न (पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस गरी जम्मा अन्दाजी ७ केजी ४६ ग्राम तौल बराबरको अनुमानित मूल्य सात लाख बराबरको चाँदीको गहना फेला परेको थियो ।

उनलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

माधव पक्ष विभाजित- नेपालसहित केही सांसद देउवाको पक्षमा, अरु ‘नो भोट’मा

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा नेकपा एमालेको माधव नेपाल समूह विभाजित भएको छ । नेपालसहित समानुपातिक सांसद र अन्य केही प्रत्यक्ष निर्वाचित सांसदले विश्वासको मत दिने भएका छन् । तर वार्ता कार्यदलमा रहेका सुरेन्द्र पाण्डेसहित अन्य...

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

सङ्खुवासभा, १ कात्तिक-कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १...

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

एजेन्सी, चैत २७-साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।...

नेकपा प्रचण्ड-माधव समूहको बैठक सुरु

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नुअघि चार सदस्यीय सचिवालय र स्थायी कमिटी बसेको थियो । बैठकमा सचिवालय र स्थायी कमिटीले स्थायी कमिटी सदस्य...

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

२ गुणा बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

चालू आर्थिक वर्षको ८ महिनामा वैदेशिक लगानीको आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको प्रतिवेदनअसार गत वर्षको ८ महिनाकाे तुलनामा २ गुणाभन्दा बढी लगानी आप्रवाह भएको छ । लगानी आप्रवाह मात्रै...

कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैन : डीआईजी पोखरेल

काठमाडौं, ७ जेठ-काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका २ प्रहरीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब...

विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई ९ विकेटले हरायाे

आईसीसी महिला टी–ट्वान्टी विश्वकपकाे एसिया छनोटमा नेपालले कुवेतमाथि ९ विकेटकाे जित निकालेकाे छ । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍याे । नेपाललाई जिताउन इन्दु बर्माले १३, कप्तान रुविना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्