आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज - News Birat

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

न्यूज विराट

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार हालसम्म २ लाख ३८ हजार ५ सय ६९ जना डिस्चार्ज भएका छन् । आज ८ सय ४७ जना डिस्चार्ज भएका गौतमले जानकारी दिए । आज देभर ५ हजार ५ सय ५५ जनाको पीसीआर गरिएको छ । आज १३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles