
आईसीसी महिला टी–ट्वान्टी विश्वकपकाे एसिया छनोटमा नेपालले कुवेतमाथि ९ विकेटकाे जित निकालेकाे छ । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्याे । नेपाललाई जिताउन इन्दु बर्माले १३, कप्तान रुविना क्षेत्रीले १२ रन बनाइन् ।
यसअघि यूएईको आईसीसी एकेडेमी ग्राउन्डमा पहिले ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा अलआउट हुँदै २७ रन जोडेको थियो ।
प्रतियाेगितामा नेपालकाे याे दाेस्राे जित हाे । यसअघि नेपालले भुटानलाई ८ विकेटले पराजित गरेकाे थियाे ।