नेकपा प्रचण्ड-माधव समूहको बैठक सुरु - News Birat

नेकपा प्रचण्ड-माधव समूहको बैठक सुरु

न्यूज विराट

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नुअघि चार सदस्यीय सचिवालय र स्थायी कमिटी बसेको थियो ।

बैठकमा सचिवालय र स्थायी कमिटीले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई महासचिवमा प्रस्ताव गरेको छ । सो प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ । त्यस्तै, पार्टीको अन्तरबिरोध, कार्यविभाजनलगायतका बिषयमा छलफल हुने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles