विराटनगरमा आज एकैदिन १३५ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा आज एकैदिन १३५ जनामा कोरोना संक्रमण

विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६–६, भोजपुरमा २, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १३५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ८–८, बुढीगंगामा ५, बेलबारी र उर्लाबारीमा ४–४, केराबारीमा ३, रतुवामाई र कटहरीमा २–२, कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा र धनपालथानमा १–१, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा ५, रामधुनी र दुहवीमा ३–३, देवानगञ्ज र स्थानीय तह नखुलेका २–२, गढी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, झापाको विर्तामोड र दमकमा १३–१३, कनकाईमा ११, भद्रपुरमा ८, अर्जुनधारामा ५, गौरादह र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाहृदशीमा २–२, मेचीनगरमा १, उदयपुरको कटारीमा ७, बेलकामा ३, त्रियुगा र स्थानीय तह नखुलेका २–२, चौदण्डीगढीमा १, इलामको इलाम नगरपालिकामा २, माई, मांसेबुङ, सुर्योदय र माई जोगमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५१ महिला र १७८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ४१६ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्ने ३ विरुद्ध ‘अभद्र व्यवहार मुद्दा’

पोखरा, २२ असार-पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको छ । पोखराको मझुवामा शव व्यवस्थापनका क्रममा प्रहरीलाई आक्रमण गरी चेक पोस्टमा समेत तोडफोड...

कोरोनाका कारण अलपत्र ३४ हजारको उद्धार, ५६ जना उपचारत  

काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ ।...

ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै...

प्रहरीले बरामद गरेको पदार्थ युरेनियम-२३८ भएको नास्टद्वारा पुष्टि

काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पदार्थ युरेनियम नै भएको पुष्टि गरेको हो । नास्टले...

मोरङमा सोमबार विहानबाट मात्र मतगणना हुने

विराटनगर । मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो । मोरङको उत्तरी...

प्याब्सन स्पोर्ट्स मिट : पहिलो दिन पूर्वाञ्चल एकाडेमीको अग्रता

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू भएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा प्याब्सन स्र्पोटस मिट सुरु भएको हो । उक्त स्पोर्ट्स मिटको उद्घाटन...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

गठबन्धन सरकारको फेरी अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्