राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

 न्यूज विराट
राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज भएको मतदानमा मधेस प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ ४ जनाले मतदान गरेनन् ।

मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सत्ता गठबन्धनबाट माओवादीकी उर्मिला अर्याल र जसपाका खालिद सिद्दिकीले उम्मेदवार छन् । लोसपाले रुपाकुमारी यादव र नेकपा एमालेले उसमान अन्सारीलाई उम्मेदवार बनाएको छ । लोसपा र एमालेले चुनावी गठबन्धन गरेपनि मतभारका हिसावले सत्ता गठबन्धन मजबुत छ ।

सम्बन्धित समाचार

विराट क्याम्पसमा विदाई र स्वागत कार्यक्रम

विराटनगर । विराटनगरस्थित विराट क्याम्पसले विद्यार्थी विद्यार्थी तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । कलेजको चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विधाइ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी स्वागत कार्यक्रम...

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

ल्याबटेक्निसियन रहस्यम मृत्यु प्रकरण, प्रेमिकासहित दुई जना विरुद्ध ‘आत्महत्या दुरुसाहन’ मुद्दा दर्ता

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका – ६ घर भइ धनकुटा जिल्ला अस्पतालमा कार्यरत पाँचौ तहका ल्याबटेक्निसियन वर्ष २७ का अर्जुन कुमार मेहताको रहस्मय मृत्यु प्रकरणमा पक्राउ परेकी प्रेमिका सुशिला कुमारी मेहतासहित दुई जना विरुद्ध मुद्दा...

मिल्स नकआउट फुटबल सुरु, उद्घाटनमा मोर्डन एराको विजय सुरुवात

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुरु भएको छ । विराटनगर जुटमिल खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ । उद्घाटन खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५–४...

प्रदेश १ मा ३०८ संक्रमणमुक्त, २५२ संक्रमित थपिए

विराटनगर, ३ साउन । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा कोष’ मा सहकारीको साढे ५ लाख योगदान

विराटनगर, चैत २६–विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा मोरङका विभिन्न सहकारी संघ÷संस्थाको तर्फबाट साढे ५ लाख रुपैयाँ योगदान गरिएको छ ।...

दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी, २५ असोज - दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्