राशिफल

’फरार’ सिद्धबाबाले गरे आत्मसमर्पण

 न्यूज विराट
’फरार’ सिद्धबाबाले गरे आत्मसमर्पण

काठमाडौं, फागुन २०–उच्च अदालत, बिराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएपछि फरार भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका गिरीले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका हुन् ।

उनलाई उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आदेशअनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले बताए ।

उच्च अदालत विराटनगरमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर फारार बनेका थिए । यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सो आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत, विराटनगर पुगेको थियो ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...