नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय - News Birat

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

न्यूज विराट

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस गरेका दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, सचिवालय बैठकले बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको छ । आवश्यक परेको अवस्थामा सचिवालयमा छलफल र स्थायी कमिटीको बीचमा पनि अध्यक्षले छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठक भोलि धुम्बाराहीमा १ बजे बस्ने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles