खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

 न्यूज विराट
खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ ।

मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि १६ माघदेखि २० गतेसम्म विद्यालय खुलाउने निर्णय गरेको हो ।

१६ माघदेखि चार दिन कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए । त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने उनले बताए ।

सरकारले खोप अभयिानका लागि चार दिन विद्यालय खोल्ने भने पनि त्यसपछि पठन पाठन के गर्ने भन्ने प्रष्ट पारेको छैन । त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।

त्यस्तै बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सम्बन्धित समाचार

मोरङमा तस्करीको लाइन चलाएको आरोपमा सशस्त्रका एसपी विश्व खड्का हेडक्वार्टर तानिए, यी नाकाबाट हुन्छ तस्करी

विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट तस्करीको लाइन चलाएको आरोपमा सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन् ।मोरङमा तीन दर्जन वटा सीमा नाका रहेको मध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाएर...

अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...

प्रधानमन्त्री ओली संखुवासभामा

काठमाडौं, २६ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् । उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका...

विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो । २१ जनाकाे शव साेमबार...

कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न मेयरको उर्दी

बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले...

स्वास्थ्य सेवा विभागलाई खारेज गरिने

काठमाडाैं, २ जेठ-रकारले स्वास्थ्य सेवा विभागलाई खारेज गर्ने भएकाे छ । त्यसकाे ठाउँमा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्ने  घोषणा सरकारले गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८...

दैनिक ज्यादारी काम गर्ने १ लाख विपन्नलाई राहत वितरण गरिँदै

विराटनगर, चैत १८–दैनिक ज्यलादारी मजदुरी गरेर जिवनयापन गर्दै आएका परिवारको जिवनयापनमा समस्या भएपछी विराटनगर महानगरपालिकाका २० हजार घरपरिवारलाई राहतच वितरणको तयारी थालिएको छ । विराटनगर महानगरपालिकाले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खाद्यान्न राहत बितरणको तयारी थालेको...

र्‍यापिड टेस्ट गराएर प्रमाणपत्र लिन जमातीलाई मुस्लिम संघको अपिल

काठमाडौं, १० वैशाख-मुस्लिम संघ नेपालले तब्लिक जमातीलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्