दैनिक ज्यादारी काम गर्ने १ लाख विपन्नलाई राहत वितरण गरिँदै

 न्यूज विराट
दैनिक ज्यादारी काम गर्ने १ लाख विपन्नलाई राहत वितरण गरिँदै

विराटनगर, चैत १८–दैनिक ज्यलादारी मजदुरी गरेर जिवनयापन गर्दै आएका परिवारको जिवनयापनमा समस्या भएपछी विराटनगर महानगरपालिकाका २० हजार घरपरिवारलाई राहतच वितरणको तयारी थालिएको छ ।

विराटनगर महानगरपालिकाले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खाद्यान्न राहत बितरणको तयारी थालेको हो । कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको कारण काम बन्द भएपछि समस्यामा परेका मजदुरलाई ‘विराटनगर महानगरपालिका विपत् कोष’ बाट राहतको वितरणको तयारी भएको हो ।

महानगरपालिकाका मेयर भीम पराजुलीले कोषमा महानगरपालिकाले १ करोड रुपैयाँ जम्मा गरेको जानकारी दिए । जसमा मेयर पराजुलीले १ वर्षको आफ्नो तलब ५ लाख ४० हजार रुपैयाँ थप गरेका छन् । त्यस्तै महानगरभरका जनप्रतिनिधिको १ महिनाको तलब ११ लाख र अधिकृतभन्दा माथिका कर्मचारीको ७ दिनको, खरदारभन्दा माथिका कर्मचारीको ५ दिनको र त्यसभन्दा तलका कर्मचारीको ३ दिनको तलब कोषमा जम्मा गर्दा थप १३ लाख थप हुने उनले बताए ।

कोसबाट राहत बितरण गर्न दैनिक ज्यालादारीमा काम गरिरहेका महानगर क्षेत्रभित्रका मजदुरका घरपरिवारको लगत संकलन गर्ने काम भइरहेको जनाइएको छ । महानगरले २० हजार घरपरिवारका १ लाख जनसंख्यालाई राहतका लागि खाद्यान्न वितरण गर्नुपर्ने प्रारम्भिक अनुमान गरेको मेयर पराजुलीले जानकारी दिए । लगत संकलन सकेपछी बिहीवारदेखि राहत बितरण हुनेछ ।

पहिलो चरणमा १२ किलो चामल, २ किलो दाल, ३ किलो आलु, २ किलो चिउरा, १ किलो नुन र आधा लिटर तेल वितरण गर्ने पराजुलीले बताए । ‘दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका घरमा छिटोभन्दा छिटो खाद्य सामग्री पुगोस् भन्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’ उनले भने ।

महानगरले चामल, दाल, तेल र चिउरा स्थानीय उद्योगहरूबाट कारखाना मूल्यमै खरिद गर्न मंगलवार उद्योगीहरूको बैठक बोलाएको छ । प्रमुख पराजुलीले विपत् कोषमा आवश्यकता अनुसार रकम वृद्धि गर्दै लैजाने र लकडाउन अवधिभर खाद्यान्न वितरणलाई निरन्तरता दिने जानकारी दिए ।

सम्बन्धित समाचार

तराईमा होली आज, हराउँदैछ मौलिकता

तराई क्षेत्रमा फागु पर्व अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार देशका पहाडी क्षेत्रहरूमा फागु पूर्णिमा मनाइएको थियो । आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, ७ असार-आइतवार उपत्यकाका १ जनासहित ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ललितपुरका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...

काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन...

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...

कोशी प्रदेशमा मन्त्रीपरिषद विस्तार, तीन जना मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...

कोरोनाविरुद्ध होमियो पैथिक चिकीत्सक प्रयोगगर्न आग्रह

विराटनगर,३१ बैशाख ,कोरोना संक्रमणले विश्व आक्रान्त भईरहेको बेला होमियो प्याथीक उपचारलाई पद्धतीलाई उपयोग गर्न चिकीत्सकहरुले सरकार संग माग गरेका छन । एलोपेथिक उपचार विधि भन्दा होमियो पैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउदै नेपाल होमियो...

नेपाल कराते महासंघको दोस्रो वार्षिक साधारण सभा सकियो

विराटनगर । नेपाल कराते महासंघले आफ्नो दोस्रो वार्षिक साधारण सभा निजगढ, बारामा सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले केही महत्वपूर्ण निर्णयहरू गरेको छ। साधरणसभामा कराते खेलाडी एरिका गुरुङलाई हिमालयन वारियर उपनामले सम्मानित गरिएको छ । राष्ट्रिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्