र्‍यापिड टेस्ट गराएर प्रमाणपत्र लिन जमातीलाई मुस्लिम संघको अपिल

 न्यूज विराट
र्‍यापिड टेस्ट गराएर प्रमाणपत्र लिन जमातीलाई मुस्लिम संघको अपिल

काठमाडौं, १० वैशाख-मुस्लिम संघ नेपालले तब्लिक जमातीलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो ।

संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिक अगुवाहरूलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गरे । उनले भने, ‘अझै पनि समय छ । नेपालमा रहेका तब्लिकका अगुवा साथी कुन-कुन जिल्लामा को कहाँ छन् उनीहरूलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर र्‍यापिड टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु ।’

अध्यक्ष सतारले तब्लिक जमातीहरू संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह उनले आग्रह गरे । जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उनले आग्रह गरे ।

विशुद्ध धार्मिक कार्यक्रम भएकाले जमातीहरुलाई छुनै नहुने, उनीहरुको बाटो हिँड्नै नहुने भन्ने धारणा त्याग्न पनि उनले सबैमा आग्रह गरे । कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उनले नेपाल सरकारले घोषणा गरेको लक डाउनका पालना गर्दै सामाजिक दूरी कायम गर्न सबैमा आग्रह गरे ।

सम्बन्धित समाचार

कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका छन्। कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रलाई बुधबार विराटनगरमा सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।...

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, जेठ ५-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि-२, ३, ६...

सातौं दक्षिण एसियाली तेक्वान्दो खेल्न नेपाली टोली भारत प्रस्थान, महानगरले गर्यो विदाई

विराटनगर । सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान गरेका छन् । आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने च्याम्पियनसिपमा नेपालका ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । त्यसका...

प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा...

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १६ पुस । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु,...

अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

काठमाडौं, १६ असार । अब पुँजी बजारमा सरकारले पनि चासो देखाएको छ । उच्च विन्दुमा पुगेर फर्किएको बजारलाई आफ्नै लयमा फर्काउन अर्थमन्त्री विष्णु पौडेलले चासो देखाएका हुन् । पुँजी बजारले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव...

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...

वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्