१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

 न्यूज विराट
१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, २५ पुस । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सीसीएमसीले विद्यालय बन्द गर्ने सिफारिस गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्दको निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो । त्यस्तै गृह मन्त्रालयलाई २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने व्यवस्थाका लागि सिफारिस गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाले विद्यालय बन्द गर्ने सिफारिस भएको जानकारी दिए ।

यसअघि राज्यमन्त्री उमेश श्रेष्ठसहित सीसीएमसीका पदाधिकारीले सरोकारवालासँग छलफल गरेका थिए । विद्यालय बन्द गरेपछि कोरोना संक्रमणको चेन ब्रेक गर्न सहयोग पुग्ने अधिकारीहरूले बताएका छन् ।

त्यस्तै संक्रमणको अवस्था हेरेर प्रमुख जिल्ला अधिकारीले स्मार्ट लकडाउन गर्न सक्ने पनि सीसीएमसीको निर्णय छ ।

सम्बन्धित समाचार

मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...

भाजपा विदेश विभाग इन्चार्जले भेटे प्रधानमन्त्री

नेपाल–भारत सम्बन्ध सुधारमा दुवै देशका सत्तारुढ पार्टी तहमा भ्रमण आदनप्रदान हुन थालेको छ ।नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा भारतीय जनता पार्टीका विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन् । चौथाइवाले बिहीबार...

नयाँ पार्टी गठन गर्ने खरेलको घाषणा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...

विवाहको १५ वर्षपछि आमिर खान र किरणबीच सम्बन्ध विच्छेद, यस्ताे छ दुवैले निकालेकाे संयुक्त विज्ञप्ति

एजेन्सी, १९ असार । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यी...

कोशी अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

विराटनगर, ५ भदौ–विराटनगरस्थित कोशी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषका मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका–३ घर बताउने ५० वर्षीय पुरूषको शुक्रबार अस्पतालको आइसोलेसनमा...

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

विराटनगर, २६ वैशाख ।सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका...

विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...

आन्दोलनकारी र प्रहरीबीच झडपमा ४६ घाइते : ३८ राउण्ड हवाइ फायर, ७४ सेल अश्रुग्यास प्रहार

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभाअगाडि प्रर्दशन गर्ने क्रममा प्रहरी र पहिचान पक्षधरबीच भएको झडपमा परी ४६ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्