भाजपा विदेश विभाग इन्चार्जले भेटे प्रधानमन्त्री - News Birat

भाजपा विदेश विभाग इन्चार्जले भेटे प्रधानमन्त्री

न्यूज विराट

नेपाल–भारत सम्बन्ध सुधारमा दुवै देशका सत्तारुढ पार्टी तहमा भ्रमण आदनप्रदान हुन थालेको छ ।नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा भारतीय जनता पार्टीका विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन् ।

चौथाइवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटसमेत गरे । नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउने र जनस्तरसम्मको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा केन्द्रीत भई कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

नेपालले नयाँ नक्सा जारी गरेसँगै नेपाल र भारतबीच सम्बन्ध चिसिएको थियो । गत महिनादेखि नेताहरूबीच पनि संवाद तथा भेटवार्ता सुरु भएको हो । यो पृष्ठभूमिमा भाजपा विदेश विभाग इन्चार्ज चौथाइवाको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles