कोशी अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

 न्यूज विराट
कोशी अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

विराटनगर, ५ भदौ–विराटनगरस्थित कोशी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषका मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका–३ घर बताउने ५० वर्षीय पुरूषको शुक्रबार अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।

खोकी, ज्वरो र छाती दुखेपछि मोरङको पथरी बजारबाट स्थानीय र प्रहरीले एम्बुलेन्समा राखेर शुक्रबार राति उनलाई कोशी अस्पतालमा ल्याएका थिए । अस्पतालको आइसोलेसनमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

मृतक पथरी बजारमा लामो समयदेखि रहँदै आएका थिए । विरामी भएपछि स्थानीय प्रहरीले उद्धार गरि उनलाई अस्पताल पठाएको थियो । एम्बुलेन्सले अस्पतालको गेटमा छोडेर हिडेपछि विरामीलाई आइसोलेसनमा राखेर उपचार गरिएको मेसु दासले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले स्वाब संकलन गरेर प्रयोगशाला पठाएको अस्पतालले जनाएको छ । मृतकको रिपोट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ९ सहित प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

विराटनगर, ३ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं, १९ भदौ-अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री...

कोभिड उपचारमा सविंधान विपरीत शुल्क असुल्नु अपराध हो : कानुन व्यवसायी

काठमाडौं, २१ कात्तिक-सरकारले कोरोना उपचारको नाउँमा नागरिकबाट असुलेको शुल्क एक/एक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरूले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले समेत...

माघ ११ देखि विराट एक्स्पो हुने, २६८ स्टल रहने

विराटनगर । आठौं संस्करणको विराट एक्स्पो हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो हुने भएको हो ।एक्स्पो तयारीबारेमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आर्थिक...

बीपीमा २० वर्षीया संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

विराटनगर, ८ भदौ-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षीया कोरोना भाइरस संक्रमित महिलाले स्वस्थ्य शिशुलाई जन्म दिएकी छन् । मोरङको विराटनगर-३ की ती महिलाले बीपीको कोभिड–१९ अस्पतालमा सोमबार शिशुलाई जन्म दिएकी हुन् । आमा...

विराटनगरका प्रतिष्ठित व्यापारी घरानै तिर्दैन कर, डिपिएसले तिरेन महानगरको लाखौँ कर

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यापारी घरनाका उद्योगीहरूले प्रदेश १ को राजधानी विराटनगरमा सञ्चालन गरेको दिल्ली पब्लिक स्कुल (डिपिएस) ले लाखौँ रुपैयाँ विराटनगर महानगरपालिकालाई सम्पत्ति कर नतिरेको पाइएको छ । विद्यार्थीबाट चर्को शुल्क लिने डिपिएसको नाममा...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्