भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

 न्यूज विराट
भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

नयाँ दिल्ली

१९ मङ्सिर-भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।

विगत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ ।

यद्यपी हिजो एकै दिनमा केरलामा कोरोना सङ्क्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । आइतबार बिहानसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल सङ्ख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ ।

देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ सङ्क्रमित रहेका छन् । यो संख्या कूल सङ्क्रमतिको एक प्रतिशत भन्दा कम भएको समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ०.२९ प्रतिशत रहेको जनाइएको छ ।

गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन् । हालसम्म ३ करोड ४० लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन् । कोरोना मुक्ती यो दर ९८.३५ रहेको समाचारमा जनाइएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ सङ्क्रमित थपिएसँगै आइतबार देशमा कोभिड–१९ सङ्क्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

भारत शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परिक्षण गरिएको थियो । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परिक्षण गरिएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ ।

सम्बन्धित समाचार

पासको दुरुपयोग : खाद्यान्न भन्दै ट्रकमा मदिरा ओसारपसार

डडेल्धुरा, ६ वैशाख-बैतडीमा मदिरासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मेलौली नगरपालिकामा मदिरासहित ट्रक प्रहरीले बरामत गरि नियन्त्रणमा लिएका हो । धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नं को ट्रक ४३...

प्रदेश २ मा थपिए १०७ संक्रमित

जनकपुरधाम, ३१ जेठ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका...

मन्त्री मगरद्वारा १ सय क्विन्टल चामल सहयोग

कञ्चनपुर, २ वैशाख-खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले ४ स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराएकी छिन् ।मन्त्री मगरले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल...

विराटनगर–८ मा रमणीय पार्क बन्दै, वडाध्यक्ष पोखरेलले गरे शिलान्यास

विराटनगर १५ जेठ । विराटनगर ८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर बृद्धाआश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालले पार्क निर्माण गर्न लाग्नु भएको हो । २ विगाहा आठ कठ्ठा जमिनमा पार्क बनाउन...

प्रदेश १ मा आज २४० डिस्चार्ज, २६ संक्रमित थपिए

विराटनगर, १५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज...

कारमा राखेर २० किलो चाँदी काठमाडौं लैजाने विराटनगरका दुई युवा पक्राउ

विराटनगर । २० किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगरबाट अवैध रुपमा काठमाडौं लैजाँदै गरेको २० केजी चाँदीसहित सिन्धुली प्रहरीले आज विराटनगरका दुई जनालाई पक्राउ गरेको हो । ०१–०२५ च १०६९ नं...

एनसीडिएको ५२ औं स्थापना दिवसमा मोरङ शाखाद्धारा सप्ताहव्यापी कार्यक्रमको घोषणा, कुन दिन के – के कार्यक्रम ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गर्ने मोरङ शाखाले घोषणा गरेको छ। एनसीडिए मोरङ शाखाले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि असार ४ गतेदेखि १० गतेसम्म...

भारतसँग जोडिएका सवै नाका बन्द गर्न प्रदेशसरकारको केन्द्रसँग आग्रह

विराटनगर, चैत ७–प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्