पासको दुरुपयोग : खाद्यान्न भन्दै ट्रकमा मदिरा ओसारपसार

 न्यूज विराट
पासको दुरुपयोग : खाद्यान्न भन्दै ट्रकमा मदिरा ओसारपसार

डडेल्धुरा, ६ वैशाख-बैतडीमा मदिरासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मेलौली नगरपालिकामा मदिरासहित ट्रक प्रहरीले बरामत गरि नियन्त्रणमा लिएका हो ।

धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नं को ट्रक ४३ पेटी मदिरासहित बरामत गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चामलको बोराको मुनी मदिरा लुकाएर ल्याएको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिएको बैतडीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए ।

वैशाख ४ गतेदेखि ८ गतेसम्मका लागि धनगढीबाट मेलौली खाद्यान्न ढुवानीको लागि भन्दै प्रशासनबाट लिएको पासको दुरुपयोग गरी मदिरा ओसारपसार गरेको पाइएको प्रहरी नायव उपरीक्षक पाण्डेयको भनाइ छ ।

सम्बन्धित समाचार

लकडाउनमा ५ हजार विदेशी फिर्ता

काठमाडौं, २८ वैशाख-कोभिड-१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आआफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत् शनिबारसम्म विभिन्न मुलुकका...

डाक्टर मोहन खड्काको सेवा लाईफ गार्ड अस्पतालमा

विराटनगर । विराटनगरस्थित लाईफ गार्ड अस्पतालले पाचन प्रणालीसंग सम्बन्धित रोगका विज्ञ एवं अनुभवी चिकित्सक डा.मोहन खड्कालाई भित्र्याएको छ ।अस्पतालले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि डा.खड्कालाई स्वागत गरेको हो ।कार्यक्रमकाबिच अस्पतालका अध्यक्ष डा.शिवराजा अधिकारी र...

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

अजोड इन्स्योसेन्स विरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ ।कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा...

खुकुरी प्रहारबाट महिलाको मृत्यु, हत्यामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे इटहरी उप–महानगरपालिका–१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९...

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौँ, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन...

परिवर्तनका लागि हातेमालो विराटनगरको निशुल्क खाना अभियान सकियो, ५१ औँ दिनसम्म २५ हजारले खाए खाना

विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका...

न्युरो अस्पतालले सञ्चालनमा ल्यायो भेन्टिलेटर सहितको कोभिड अस्पताल

विराटनगर, १४ भदौ–प्रदेश १ मा पहिलो पटक, निजी क्षेत्रबाट भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशक देखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल को विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्