प्रदेश २ मा थपिए १०७ संक्रमित

 न्यूज विराट
प्रदेश २ मा थपिए १०७ संक्रमित

जनकपुरधाम, ३१ जेठ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका ११, रौतहटका ९० र पर्साका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाका ३५ वर्षिय पुरुष, चकरघट्टा गाउँपालिकाका ११ वर्षीय बालकसहित २८ वर्षिय पुरुष, सर्लाही जिल्लाकै इश्वरपुर नगरपालिकाका २५ र ५२ वर्षीय पुरुष, सोही नगरपालिकाकी ५ वर्षीया बालिका, विष्णु गाउँपालिकका उमेर खुल्न नसकेका २ जना पुरुष र सर्लाही जिल्लाकै स्थान खुल्न नसकेका १९ र ४० वर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंले गरेको छ ।

रौतहटको ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १२ र १५ वर्षका २ जना बालक, सोही क्वारेन्टाइनमा रहेका १९ देखि ४७ सम्मका २१ जना पुरुष, परोहा नगरपालिकास्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ९ र १५ वर्षीया वालिका, १ देखि १८ वर्षसम्मका ९ जना पुरुष, १९ देखि ५० वर्षसम्मका ३९ जना पुरुष, गोनाइ नगरपालिकाका १६, २०, २५, २९ र ४० वर्षका पुरुष, राजपुर नगरपालिकाका १ देखि १८ बर्ष उमेर समूहका ५ जना पुरुष र १९ देखि ५५ वर्षसम्मका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा जिल्लास्थित वीरगञ्ज उपमहानगरपालिका ५ का १९ वर्षीय पुरुष र ३४ वर्षीय महिला, सखुवा पर्सौनी डेढ, ३ वर्षीयका बालक र ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै महोत्तरी जिल्लाका २३ वर्षीय पुरुषमा समेत संक्रमणको पुष्टि भएको छ ।

सम्बन्धित समाचार

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

प्रदेश १ का स्थानीय तहलाई थप बजेट

विराटनगर, २५ भदौ–प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय...

पार्टी लाइनमा आउँदा मेरो जित भएको छ : वामदेव गौतम

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आज सिङ्गो पार्टी   लाइनमा आउँदा आफ्नो जित भएको बताएका छन् । उपाध्यक्ष गौतमले भनेका छन्, ‘महाकाली सन्धि...

बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलमा

 काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपाका नेताहरू बालुवाटारमा छलफल गरेका छन् । बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला संसदीय दलको बैठक बस्ने चलन छ । तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',...

भोकभोकै २ दिन पैदल हिँडेर कोशी ब्यारेज आइपुगेका १३ मजदुरको उद्धार

विराटनगर, बैशाख २८–सिराहबाट भोक भोकै २ दिन लगाएर आउँदै गरेका १३ जना इट्टा उद्योगमा काम गर्ने मजदुरको सुनसरी स्थित कोशी ब्यारेजबाट उद्धार गरिएको छ । मोरङको कटहरी वडा नं. २ घर भइ सिराहको मथेलेस्वर गाउँपालिका–१०...

सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको...

मेरिल्याण्डका रमननाथ गिरीलाई मिस्टर पूर्वाञ्चलको उपाधि

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् । उनले...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्