मन्त्री मगरद्वारा १ सय क्विन्टल चामल सहयोग

 न्यूज विराट
मन्त्री मगरद्वारा १ सय क्विन्टल चामल सहयोग

कञ्चनपुर, २ वैशाख-खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले ४ स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराएकी छिन् ।मन्त्री मगरले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल उपलब्ध गराएकी हुन् ।

मन्त्री मगरले सचिवालयका प्रतिनिधि दीपक तिमिल्सिना, सुन्दर चौधरी, प्रकाश मोक्तानमार्फत स्थानीय तहमा चामल उपलब्ध गराएकी हुन् ।दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि राहतस्वरूप मन्त्री मगरले चामल उपलब्ध गराएकी मन्त्री मगरका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए । उनका अनुसार मन्त्री मगरले व्यक्तिगतरूपमा चामल सहयोग गरेकी हुन् ।

‘कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि गरीखाने वर्ग निकै अप्ठ्यारोमा परेको जानकारी पाएपछि मन्त्री मगरले चामल उपलब्ध गराउनुभएको हो’ स्वकीय सचिव मगरले बताए । रासस  

सम्बन्धित समाचार

छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार गरी हत्या

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर एक किशोरको हत्या गरिएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको आइतबार राती छुरा प्रहार गरी हत्या गरिएको...

आज १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौं, १८ साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट ४ गरी १८ शव पनि नेपाल ल्याइएको छ ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको...

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदीसहित चार जना पक्राउ

विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका...

सुनसरीको थलाहामा टाउको नभएको शव भेटियो

विराटनगर । सुनसरीको गढी गाउँपालिका २ थलाहामा एक जना पुरुषको टाउको को नभएको अवस्थामा शव भेटिएको छ । गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको ठाउँको नभएको अवस्थामा शव आज विहान भेटिएको हो । ऋषिदेवको हत्या...

बुढीगंगामा फेरि गाेली चल्याे

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...

आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख-स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिरहेका हुन् ।...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७ संक्रमित थपिए

विराटनगर, ५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट तीन, न्युरो अस्पतालबाट दुई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना...

भानु कलेजमा अनलाइन कक्षा

विराटनगर, बैशाख १५–विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारण देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्