विराटनगर–८ मा रमणीय पार्क बन्दै, वडाध्यक्ष पोखरेलले गरे शिलान्यास

 न्यूज विराट
विराटनगर–८ मा रमणीय पार्क बन्दै, वडाध्यक्ष पोखरेलले गरे शिलान्यास

विराटनगर १५ जेठ । विराटनगर ८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर बृद्धाआश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालले पार्क निर्माण गर्न लाग्नु भएको हो ।

२ विगाहा आठ कठ्ठा जमिनमा पार्क बनाउन लागिएको हो । पार्कको १८ औं गणतन्त्र दिवसको अवसर पारेर आज शिलान्यास गरिएको छ । पार्कको विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गर्नु भएको थियो ।

शिलान्यास कार्यक्रममा अध्यक्ष अज्र्याल, उपाध्यक्ष उमा रेग्मी टंकप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो । पार्क निर्माणका लागि जग्गाधनी टिकाराज ढकालले सहुलियत दरमा जमिन उपलब्ध गराउनु भएको छ ।

२ विगाहा ८ कठ्ठा जमिन मध्ये अज्र्यालले १४ कठ्ठा जमिन बैना गरिसकेको बताउनुभयो । बाँकी जमिन खरिदका लागि सहयोगी दाताको खोजि गरिने उहाँले बताउनुभयो । विराटनगर महानगरपालिका भित्र एउटा पनि रमणीय पार्क नभएकाले बृद्धाश्रमको अभियान सकिएकोले दैनिक एक रुपैयाँ संकलन गरेर पार्क निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

पार्क क्षेत्र विस्तारमा पार्क आसपास रहेका ऐलानी जमिनका लागि वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष पोखरेलले बताउनुभयो । पार्क निर्माणका लागि वडा कार्यालयले हातेमालो गर्ने उहाँको भनाई छ ।

सम्बन्धित समाचार

जनकी पोलिट्यांकद्धारा मास्क र सेनिटाईजर बितरण

विराटनगर, चैत १०–कोरानो भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि विराटनगरको निजी क्षेत्रले समेत सक्रियता देखाएको छ । यसै क्रममा विराटनगर रोडशेष चोकस्थित सौगात हार्डवेयरले सेनिटाइजरसहित हात धुने व्यवस्था मिलाएको छ । रोडशेष चोकमा स्थापना गरिएको बेसिनबाट...

मोरङमा २२६ जनाको उम्मेदवारी, कोसँग कसको प्रतिस्पर्धा ?

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको संघ र प्रदेशतर्फको निर्वाचनमाा १८ पदको लागि मोरङमा २ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघमा १०८ र प्रदेशतर्फ १ सय १८ जना उम्मेदवारले आइतबार...

विद्यालयलाई फाउन्डेसनका अध्यक्ष गिरीद्धारा शैक्षिक समाग्री वितरण

विराटनगर । गिरी फाउन्डेसन विराटनगरले मोरङको कटहरी गाउँपालिका ४ स्थित श्री आधरभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनका अध्यक्ष अविशेक गिरीले विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्री बुधबार वितरण गरेका हुन् ।सामुदायिक विद्यालयको शैक्षिक...

विराटनगरको अरनिको कलेजले गर्यो ११५१ जना विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ११५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको...

कुशल र दिपेन्द्र चम्किदा फिलिपिन्समाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...

२ असईसहित ३ प्रहरी निलम्बित

काठमाडौं, १२ असार-प्रदेश २ प्रहरी कार्यालयले आचरणविपरीत काम गरेको भन्दै २ जना असईसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा रजवाडा दरबन्दी भई प्रहरीचौकी औरैयामा कार्यरत...

प्रचण्डलाई ओलीको जवाफ : एमसीसी हस्ताक्षरकर्ता तपाईं ‘राष्ट्रवादी’, म कसरी ‘राष्ट्रिय हित विरोधी’

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावमा एमसीसी परियोजनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपमा जवाफ दिएका छन् । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा...

मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्