पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

 न्यूज विराट
पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।
विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि लक्ष्मी रायमाझी प्रथम भइन् । त्यस्तै ‘यही हो त परिवर्तन’ शीर्षकको कविता वाचन गरेर नुवाकोटका कवि सुजन डोटेल द्वितीय हुँदा विराटनगरकी रीता पाठकले ‘समयको कथा’ शीर्षकको कविता वाचन गरेर तृतीय स्थान प्राप्त गरिन् । त्यस्तै ‘आमा’ शीर्षकको कविता वाचन गरेर सुनसरीका कवि युवराज दाहाल र ‘साहित्य र कवि’ शीर्षकको कविता वाचन गरेर विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीले सान्त्वना पुरस्कार प्राप्त गरे । कवि तथा पत्रकार मीनकुमार नवोदित, साहित्यकार बाबुराम पोखरेल र हरि कट्टेल सम्मिलित निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरूले क्रमशः पाँच, तीन, दुई र एक–एक हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरे ।
बालतर्फको प्रतियोगितामा ‘वीर सन्तान’ शीर्षकको कविता वाचन गरेर स्मारिका दंगाल प्रथम भइन् । त्यस्तै ‘पुष्पलाल र अहिलेको राजनीति’ शीर्षकको कविता वाचन गरेर आरसी पोखरेल द्वितीय हुँदा ‘फर्केर आऊ पुष्पलाल’ शीर्षकको कविता वाचन गरेर प्रकृति घिमिरे तृतीय भइन् । उनीहरूले क्रमशः दुई हजार, एक हजार र पाँच सय नगदसहित प्रमाणपत्र प्राप्त गरे । विजेता हुने सबैलाई यही साउन ७ गते विशेष समारोहका बीच पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ले जानकारी दिए । पुष्पलाल स्मृति दिवसका अवसरमा कविता प्रतियोगिता, झण्डोत्तलन, विचारगोष्ठी, सरसफाई, पुरस्कार वितरण, सम्मानलगायतका तीनदिने कार्यक्रम राखिएको आयोजक समितिका अध्यक्ष केशवप्रसाद गौतमले बताए ।

सम्बन्धित समाचार

प्रदेश सह-इञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा

जनकपुरधाम    २७ कात्तिक-नेकपा नेता मुकेश चौरसिया हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ ।  अभियुक्त उत्तम तिवारीकी श्रीमतीले उल्टै नेता चौधरी...

कैद भुक्तान सकिने दिन एक जना कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर – १० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज विहान ६ः४५ बजे...

आज विराटनगरमा २४० कोरोना संक्रमित थपिए

विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको...

मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा

विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङ बाट दर्ता भइ निरन्तर सामाजिक कार्य , खेलकुद एवं...

कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल

विराटनगर, जेठ २३–पूर्वमन्त्री तथा नेकपाका सांसद शिवकुमार मण्डलले कर अशुल्नुनै सवैकुरा नभएको बताएका छन् । सरकारले सवै प्रकारका कर तिर्न म्याद तोकेर निर्देशन जारी गरेकोप्रती लक्षित गर्दै सांसद मण्डले यस्तो बताएका हुन् । उनले बन्दाबन्दीका...

प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ३० वैशाख-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेसा र व्यावसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानुनी जटिलता व्यहोर्नु नपर्ने बताएका छन् । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र...

पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

पोखरा, २१ जेठ-पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ । संघले बुधबार आयोजना गरेको पत्रकार...

विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्