झापामा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु - News Birat

झापामा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

न्यूज विराट

विराटनगर, ३ फागुन । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर बस्ने अन्दाजी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार कमलधाप राम पोखरी सामुदायिक वनमा आज दिउँसो गाउँले साथीभाइसँग घाँस काट्न जङ्गल पसेकी उनलाई हात्तीले आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही दिनदेखि जलथलको चारकोशे जङ्गलबाट निस्किने जङ्गली हात्तीले त्यस क्षेत्रमा आतंक मच्चाउँदै आएका छन् । आहारको खोजीमा गाउँघर निस्किँदै आएका हात्तीले दर्जर्नाै घर भत्काइसकेको स्थानीयले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles