मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी सङ्कलन

 न्यूज विराट
मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी सङ्कलन

खोटाङ, १६ मङ्सिर-विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट रु १२ लाख ८० भेटी रकम सङ्कलन भएको हो ।
महादेव मन्दिरको शिव पार्वती थानमा रु आठ लाख ८४ हजार ५३०, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट रु एक लाख ९८ हजार ८५५, बसाहा गुफा दान पेटिकाबाट रु ८२ हजार १७० र गणेश मन्दिर दान पेटिकाबाट रु ३४ हजार ५२५ भेटी रकम सङ्कलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै खुला गरिएको हलेसी मन्दिरमा अहिले दर्शनार्थी तथा भक्तजनको भीड लाग्ने गरेको छ ।” सङ्कलन भएका भेटी रकममध्ये रु पाँच लाख ३२ हजार १४ खर्च गरेर बाँकी रहेको रु छ लाख ६८ हजार ६६ माछापुछ«े बैंकको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ ।
यस अवधिमा भारु तीन हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर तीन जम्मा भएको जनाइएको छ । मन्दिरबाट सङ्कलन भएको भेटिबाट मन्दिर वरिपरी, दिव्यध्वनी, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास (स्काभेटर प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीका लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिनुभयो ।
हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मा स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा सङ्कलन भएको भेटीको मात्रा सार्वजनिक गर्दै आएको छ । हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन तीन संस्थाका प्रतिनिधिले दानपेटिकामा लगाइने साँचो राख्ने गरेका छन् । हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले मन्दिर परिसरमा राखिएका दानपेटिकाको साँचो संयुक्त रुपमा खोल्ने गरेका हुन् । मन्दिरमा सङ्कलित भेटी हलेसीकै विकासमा खर्च गर्ने गरिएको हलेसी विकास समितिका अध्यक्ष एवं पूर्व सांसद टङ्क राईले बताउनुभयो ।
“हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “हलेसी दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई लक्षित गरेर भौतिक संरचनालगायत पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएका छौँ ।” प्राकृतिक रुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन् ।
हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकर्ता आउने गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रीमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ । विभिन्न समयमा लाग्ने मेलालाई व्यवस्थित गर्न नगरपालिका, हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले भूमिका निर्वाह गर्दै आएको छ ।

सम्बन्धित समाचार

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र अरनिको स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भई फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको...

श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६...

जनता समाजवादी पार्टीले संविधान संशोधनकाे पक्षमा मतदान गर्ने

काठमाडौं, ३० जेठ-जनता समाजवादी पार्टीले संविधान संशोधन गर्न संसदमा प्रस्तुत भएको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारीको बैठकले नेपालकाे संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय...

कोसी अस्पतालमा एक विरामीको मृत्यु, कोरोनाको आशंका

विराटनगर, साउन २०–कोरोना भाइरस संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याईएका उदयपुरका एक ब्यक्तिको अस्पताल पुग्नसाथ मृत्यु भएको छ । कोसी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका उदयपुरको बेलका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मंगलबार बिहान...

मल किन्दा १ अर्बभन्दा बढी भ्रष्टाचार

काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपी मल खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद...

मन्त्रीको गाडीमाथि ट्राफिक प्रहरीको कारबाही

जनकपुर, माघ ४–सरकारी सवारी साधन मनपरि चलिरहेका अवस्थामा प्रदेश २ मा मन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको...

कडकनाथ पालेर मनग्य आम्दानी

बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...

साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग भिड्दै नेपाल, लगातार दोस्रो जितको दाउ

साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले  श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्