श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

 न्यूज विराट
श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो ।

उक्त मिल्सले आज एक विज्ञप्ति जारी गर्दै पहिलो दिन अर्थात शुक्रबार १६ करोड ४४ लाख ७० हजार र आइतबार आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ । मिल्सले बाँकी रकम प्रत्येक दिन क्रमश भुक्तानी गर्दै जाने जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम ३५ करोड रहेको छ । अझै मिल्सले १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसैगरी, मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी चिनी मिल्सको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको १७ करोड बाँकी रहेको छ ।

गत वर्षको १८ पुसमा सरकार, चिनी मिल्स र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । लुम्बिनी चिनी मिल्सले आइतबारदेखि दैनिक एक करोडका दरले बक्यौता रकम भुक्तानी गर्ने जनाइसकेको छ । रासस

सम्बन्धित समाचार

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो

चितवन, ६ असार-नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव...

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो

काठमाडौं, २१ जेठ-बुधबार थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण...

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बर्दी लगाएको प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी...

एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव : मन्त्री राजभण्डारी

विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव भएको बताएका छन् । पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएपनि पहिचानवादीले बेवास्ता गरेको भन्दै...

काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...

विराटनगरमा बैंकबाट पैसाँ झिकेका व्यापारीमाथि खुकुरी प्रहार, साथी पक्राउ

विराटनगर । विराटनगरमा बैंकबाट पैसाँ झिकेका एक जना व्यापारीमाथि बिहीबार दिउँसो खुकुरी प्रहार भएको छ । विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि स्थानीय रामकुमार साहले खुकुरी प्रहार गरेका हुन् । ट्राफिक चोकमा उनले ग्लोबल...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्