कोसी अस्पतालमा एक विरामीको मृत्यु, कोरोनाको आशंका

 न्यूज विराट
कोसी अस्पतालमा एक विरामीको मृत्यु, कोरोनाको आशंका

विराटनगर, साउन २०–कोरोना भाइरस संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याईएका उदयपुरका एक ब्यक्तिको अस्पताल पुग्नसाथ मृत्यु भएको छ । कोसी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका उदयपुरको बेलका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासकाअनुसार उनमा कोरोनाको लक्षण थियो । उनको स्वाब परिक्षण गरेर कोरोना नदेखिए मात्र शब आफन्तलाई दिने अस्पतालले जनाएको छ ।

सोमबार राति उच्च ज्वरो आएको अवस्थामा विराट मेडिकल कलेज टंकीसिनुवरीमा ल्याएको भएपनी न्यौपानेलाई भर्ना लिएको थिएन । कोरोनाको आशंकामा बिराटले भर्ना नलिएपछी उनलाई कोशी अस्पताल ल्याइएको आफन्तले बताएका छन् ।

बिहान १ बजेतिर कोशीमा आएपछी आईसोलेशनमा भर्ना गर्नलाग्दा उनको मृत्यु भएको हो । उनमा यसअघि जण्डिस देखिएको र ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेकोले कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई

विराटनगर । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई...

१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने तीन जना समातिए

अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर...

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

विराटमा आङ खस्ने महिलाको निःशुल्क उपचार : शल्यक्रियापछि विरामी भन्छन्, ‘पुनर्जीवन पायौं’

विराटनगर । कोशी प्रदेश सरकारले आङ खस्ने महिलाको उपचार निःशुल्क सुरू गरेको छ । पहाडी र तराइको जिल्लाको ग्रामिण क्षेत्रमा आङ खस्ने रोगको समस्याले महिलाहरू ग्रसित भएपछि प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरू गरेको हो...

इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही...

न्युरो अस्पतालले सञ्चालनमा ल्यायो भेन्टिलेटर सहितको कोभिड अस्पताल

विराटनगर, १४ भदौ–प्रदेश १ मा पहिलो पटक, निजी क्षेत्रबाट भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशक देखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल को विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई...

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

गोल्डेन हस्पिटलमा अमानवीय व्यवहार, बन्धक बनाएको शव कागज गराएर दियोे

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्