मल किन्दा १ अर्बभन्दा बढी भ्रष्टाचार

 न्यूज विराट
मल किन्दा १ अर्बभन्दा बढी भ्रष्टाचार

काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपी मल खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जना तथा दुईवटा कम्पनीविरुद्ध १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ ७२ पैसा बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको जानकारी दिएका छन् ।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले Contract No 89/077/078  बाट खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरू र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी रासायनिक मल (नियन्त्रण) आदेश, २०५५, एवं सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ विपरीत कृषि सामग्री कम्पनी लिमिटेडले बिनाप्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था Nepal Environmental and Scientific Services (P) Ltd.लाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिन्छ,’ रिसालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले तोकिएको गुणस्तरभन्दा न्यून गुणस्तरको मल खरिद गरी आपूर्तिकर्तालाई १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रूपैयाँ ७२ पैसा भुक्तानी दिई हिनामिना गरेको पुष्टि हुन आएको जनाएको छ ।

‘सो ठेक्काबाट प्राप्त मलको नमुना परीक्षण गराउँदा डीएपी मलको स्पेसिफिकेसन अनुसार  Moisture 1.5% (Maximum) हुनुपर्नेमा 12.4%, Total Nitrogen 18% (Minimum) हुनुपर्नेमा 14.2%, Ammoniacal  nitrogen 17% (Minimum) हुनु पर्नेमा 13.6%, Total phosphorus (as P2O5)  46 % (Minimum) हुनुपर्नेमा 45.1% , Water soluble phosphates (as P2O5) 41% (Minimum) हुनुपर्नेमा 33.1% रहेको भन्ने नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट उक्त मल तोकिएको स्पेसिफिकेसनभन्दा कम गुणस्तरको रहेको देखिएबाट कम्पनीले तयार गरेको स्पेसिफिकेसनबमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेस गरे गराएको देखिनुका साथै सोही प्रतिवेदनसमेतका आधारमा आपूर्तिकर्तालाई कुल रकमको ९०% ले हुन आउने रकम रु. १,००,५३,२२,४०६।७२ (एक अर्ब त्रिपन्न लाख बाईस हजार ४ सय छ रुपैयाँ बहत्तर पैसा) भुक्तानीसमेत भई उक्त सरकारी रकम हानिनोक्सानी भएको पुष्टि हुन आएकाले देहायबमोजिमका आरोपितहरू तथा संस्थालाई देहायबमोजिम सजायको मागदाबी लिइएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्कर दिप बुढा, नेपाल इन्भाइरोमेन्टल एण्ड साइन्टिफिक प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्र कुमार डागा, भोलानाथ चौधरी र मनोज आचार्य र आपूर्तिकर्ता जोशी बीज हाउस प्रालि काठमाडौ‌ं तथा प्रतिवादी विनित जोशीउपर मुद्दा दर्ता गरेको प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले बताएका छन् ।

हेर्नुस् विज्ञप्तिः

कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्र वहादुर भण्डारीसमेत १० जना तथा २ वटा कम्पनीउपर बिगो रु. १,००,५३,२२,४०६।७२ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

प्रेस विज्ञप्ति :- मिति २०७८।०९।१८ गते ।
————————————————-
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले Contract No 89/077/078  बाट खरिद गरेको डि.ए.पि. मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरू र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी रासायनिक मल (नियन्त्रण) आदेश,२०५५, एवं सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली,२०६४ विपरित कृषि सामाग्री कम्पनी लिमिटेडले विना प्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था Nepal Environmental and Scientific Services (P) Ltd.लाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिन्छ । सो ठेक्कावाट प्राप्त मलको नमुना परीक्षण गराउदाँ डि.ए.पि.मलको स्पेशिफिकेशन अनुसार  Moisture 1.5% (Maximum) हुनुपर्नेमा 12.4%, Total Nitrogen 18% (Minimum) हुनुपर्नेमा 14.2%, Ammoniacal  nitrogen 17% (Minimum) हुनु पर्नेमा 13.6%, Total phosphorus (as P2O5)  46 % (Minimum) हुनुपर्नेमा 45.1% , Water soluble phosphates (as P2O5) 41% (Minimum) हुनुपर्नेमा 33.1% रहेको भन्ने नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट उक्त मल तोकिएको स्पेशिफिकेशन भन्दा कम गुणस्तरको रहेको देखिंएबाट कम्पनीले तयार गरेको स्पेशिफिकेशन बमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन वनाई भन्सार नाका तथा कृषि सामाग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेश गरे गराएको देखिनुका साथै सोही प्रतिवेदनसमेतका आधारमा आपूर्तिकर्तालाई कूल रकमको ९०% ले हुन आउने रकम रु. १,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा ) भुक्तानीसमेत भई उक्त सरकारी रकम हानिनोक्सानी भएको पुष्टी हुन आएकोले देहाय बमोजिमका आरोपितहरू तथा संस्थालाई देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।

क) कम्पनी र आपूर्तिकर्ता वीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको आपूर्ति भएको डिएपि मललाई सर्भेयरको सूचिमा अद्यावधिकसमेत नभएको स्वतन्त्र सर्भेयरसंग विना प्रतिस्पर्धा प्रचलित खरिद कानून एंव रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ का प्रावधान विपरित गैरकानूनी रुपमा गुणस्तर परिक्षण लगायतका कार्यहरू गर्ने गरी जिम्मा दिई उक्त आयातित मल कम्पनीको स्वीकृत स्पेशिफिकेशन वमोजिम नै गुणस्तरको रहेको भन्ने गलत प्रतिवेदन तयार गरी/गर्न लगाई सोही प्रतिवेदनलाई आधार देखाई आपूर्ति भएको कम गुणस्तरको मल स्वीकार गरी आपूर्तिकर्तालाई आयात भएको मलको ९०% भुक्तानीसमेत दिने निर्णय तथा भुक्तानी एवं कानुन विपरित सर्वेयर नियुक्ती प्रक्रियामा संलग्न कम्पनीका प्रवन्ध सञ्चालक नेत्र वहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढासमेतले कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी र आफूसमेतलाई गैरकानूनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि हुन आएको साथै उक्त ठेक्कावाट आपूर्ति गरिएको डिएपि मलको ९०% वापत हुन आउने रु. १,००,५३,२२,४०६।७२  भुक्तानी दिने निर्णयमा संलग्न भई भुक्तानीसमेत गरेको देखिन आएकाले नेत्र बहादुर भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्कर दिप बुढा उपर रु.१,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) तथा ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुलउपर हुन तथा प्रबन्ध संचालक श्री नेत्र बहादुर भण्डारी कृषि सामग्री कम्पनी लिमिटेडको प्रमुख पदाधिकारीसेमत रहेको देखिँदा ऐ. ऐनको दफा २४ बमोजिम थप सजाय हुनसमेतको मागदावी लिइएको छ ।

ख) गलत प्रतिवेदन तयार गर्ने गराउने कार्यमा संलग्न Nepal Environmental and Scientific Services (P) Ltd. का प्रबन्ध निर्देशक सलिल देवकोटा उक्त संस्थाको मूख्य ब्यक्ति रहेको, सोही संस्थामा ल्याव निर्देशकको जिम्मेवारीमा रही परीक्षण प्रतिवेदनको पूर्ण जवाफदेही बहन गर्नुपर्ने सुनिलबाबु खत्री, तथा आफू प्रयोगशाला परीक्षण कार्यमा संलग्न नरहेको अवस्थामा समेत परीक्षण प्रतिवेदन प्रमाणित गरी भन्सार कार्यालय तथा कम्पनी कार्यालयमा प्रतिवेदन गर्ने सो संस्थामा कार्यरत सिनियर सर्भेयर महेन्द्र कुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी तथा कम्पनी र Nepal Environmental and Scientific Services (P) Ltd.  वीच संस्थाका तर्फवाट सम्झौता गर्ने मनोज आचार्यसमेतको उक्त कसुरमा संलग्नता देखिंदा Nepal Environmental and Scientific Services (P) Ltd. तथा सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्र कुमार डागा, भोलानाथ चौधरी र मनोज आचार्यउपर बिगो रु.१,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) को कसुरमा निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन मागदावी लिइएको छ ।

ग) कम्पनी र आपूर्तिकर्ता वीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपि मल आपूर्ति गरेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त प्रयोगशाला प्रतिवेदनबाट प्रमाणित हुन आएकोले कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी र आफूसमेतलाई गैरकानूनी लाभ लिने मनसायले कम्पनीको स्वीकृत स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपि मल आपूर्ति गर्ने आपूर्तिकर्ता  Joshi Biz House (P) Ltd. Kathmandu, Nepal का तर्फवाट कम्पनीलाई डिएपि मल आपूर्ति गरी सोको ९०% ले हुन आउने रकम रु. १,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) भुक्तानी लिई ठेक्का सम्झौता बमोजिमको शर्त उल्लंघन गरेको देखिँदा Joshi Biz House (P) Ltd. Kathmandu, Nepal तथा प्रतिवादी विनित जोशीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा Joshi Biz House (P) Ltd. Kathmandu, Nepal तथा उक्त प्रा.लि.का कार्यकारी निर्देशक विनित जोशीउपर रु.१,००,५३,२२,४०६।७२  रकम बराबरको विगो कायम गरी निज प्रतिवादी विनित जोशी तथा उक्त प्रा.लि.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन. २०४८ को दफा १८ र ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन. २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

सम्बन्धित समाचार

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

प्रचण्डको भ्याकेट निवेदन खारेज, एमाले प्रवेश गरेका जनप्रतिनिधिको जोगियो पद

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिको पद जोगिएको छ । एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दै माओवादी केन्द्रका...

भारतमा सेक्युरिटी गार्डको जागिर लगाइदिन्छु भन्दै ठगि गर्ने व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २९ मंसिर । भारतमा जागिर लगाइदिने भन्दै ठगि गरेको आरोपमा एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् । उनले विराटनगर बसपार्कबाट...

चन्द्रागिरिमा रामदेवले दिए योग प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद...

भुल्केमा कोरोना संक्रमण अन्त्य : मन्त्री घिमिरे

विराटनगर, २२ जेठ-प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ ।  गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के...

सरकारले भन्यो : अत्यावश्यकबाहेक घरबाहिर ननिस्कनू

काठमाडौं, चैत ५–सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको हो । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा

विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो । नगरपालिकाको कोरोना भाईरस रोकथाम,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्