राशिफल

खानेपानी विभागको स्वर्ण जयन्तीः इलाम बन्यो उत्कृष्ट आयोजना कार्यालय

 न्यूज विराट
खानेपानी विभागको स्वर्ण जयन्तीः इलाम बन्यो उत्कृष्ट आयोजना कार्यालय

विराटनगर, ४ मंसिर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलाम उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट आयोजना कार्यालयका रुपमा पुरस्कृत भएको हो ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतका संघीय खानेपानी तथा ढल व्यवस्थापन अयोजनाहरुबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित वार्षिक कार्यक्रम र सो को प्रगति एवम् समग्र कार्यालय व्यवस्थापनको आधारमा इलाम उत्कृष्ट भएको हो ।

विभागले स्थापना दिवसको अवसर पारेर उत्कृष्ट आयोजना कार्यालयको प्रमाणपत्र समेत हस्तान्तरण गरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामका प्रमुख सुरतलाल चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...