उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक - News Birat

उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक

न्यूज विराट

भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको हो ।

बैठकले निर्वाचन सम्बन्धी अन्य केही महत्वपूर्ण निर्णय समेत गर्ने रिजालले जानकारी दिनुभयो । आजको बैठकले सवै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लगाउने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles