कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

 न्यूज विराट
कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ ।

निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै तेस्रो कार्यकालका लागि पौडेल इटहरी काँग्रेसको नगर सभापतिमा विजयी हुनु भएको हो ।

यस्तै उपसभापतिमा पौडेल प्यानलका कोविदजंग कार्की र केसी प्यानलका बालकृष्ण विष्ट विजयी हुनुभयो । यस्तै सचिवमा पौडेल प्यानलका विक्रम घिमिरे र केसी प्यानलका मन्दिप भट्टराई, सहसचिवमा केसी प्यानलकी मेनुकागिरी र पौडेल प्यानलका ईश्वर तामाङ विजयी हुनुभयो ।\

३१ सदस्यीय कार्यसमितिमा पौडेल प्यानलका धेरै चयन भएका छन् । संस्थापन पक्षबाट केसी र संस्थापनइतर पक्षबाट पौडेल नेतृत्वको प्यानल इटहरीको नगरकार्य समितिको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । पौडेलले सबैलाई समेटेर पार्टी सञ्चालन गरिने तथा स्थानीय तह साथै जिल्लामा काँग्रेस नेतृत्वलाई आगामी निर्वाचनमा सफल बनाउन जुट्ने बताउनुभयो ।

इटहरीमा कुल ४ सय ८३ जना मतदाता रहेकोमा ४ सय ८२ जनाले मतदान गरेकामा सभापतिमा निर्वाचित पौडेलले २ सय ५३ मत र निकटतम प्रतिद्वन्द्वी विकास केसीले २ सय ११ मत पाएका थिए । यसअघि १३ औं अधिवेशनमा पनि पौडेलले केसीलाई यो भन्दा धेरै मतान्तरले पराजित गर्नुभएको थियो ।

सम्बन्धित समाचार

विवाद साम्य पार्न तीव्र छलफलमा नेकपा नेता

काठमाडाैं, २२ असार-शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाे भन्दै साेमबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भयाे । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...

प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बन्दै, भोली सपथग्रहणको तयारी

विराटनगर, २२ माघ ।  प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् । प्रदेश १ को सत्ता गठबन्धनमा...

कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली

काठमाडौं, ३१ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैकमा ओलीले नेपालको सीमा काली नदीको मुहान भएकोमा...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

झापामा कोरोना संक्रमणको आशंका

भद्रपुर, २ चैत–झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक...

नेप्से १९.२९ अंकले बढेको बढ्यो, साढे ६ अर्बको बारोबार

काठमाडौं, १८ माघ । सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मंगलबार १९.२९ अंकले बढेको छ । आज बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ । सोमबार २८७५.०५...

मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो । पछिल्लो...

समाजसेवी व्यवसायीद्वारा विपन्नलाई खाद्यान्न वितरण

विराटनगर, चैत १७-कोरोना भाइरस(कोभिड–१९) को संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई विराटनगरका समाजसेवी व्यवसायीले राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । गुद्री बजार सब्जी मण्डी व्यवस्थापन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्