विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा ५, खोटाङ र इलाममा २–२, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा १४, बेलबारीमा ६, उर्लाबारी र बुढीगंगामा ४–४, सुन्दरहरैचा र कटहरीमा ३–३, कानेपोखरी र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३२, धरानमा ७, रामधुनीमा ५, बर्जु, इनरुवा, दुहवी र कोशी गाउँपालिका १–१, झापाको दमकमा १०, कमल गाउँपालिकामा ८, शिवसताक्षी, विर्तामोड, भद्रपुर र मेचीनगरमा २–२, गौरादह, हल्दिबारी, बुद्धशान्ति र अर्जुनधारामा १–१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा २–२, महालक्ष्मीमा १, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५० महिला र ११५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...

विराटनगरमा चोरी गरेर लैजाँदै गरेको ‘स्कुटी’ सहित एक जना पक्राउ

विराटनगर, १ पुस । विराटगरमा पार्किङ गरेर राखेको स्कुटी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेश कुमार राम रहेका छन् । बुधबार राति साढे सात...

एमाले कोशी प्रदेशको अधिवेशन : तीन घण्टा ढिलो गरी सुरु भयो मतगणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो। ७स्थान...

मृत्युपछि सुत्केरीलाई संक्रमण पुष्टि : मलामी गएका ४९ जना सम्पर्कमा

धनगढी, जेठ २५-सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमै मृत्युपश्चात कोरोना पुष्टि भएकी महिलाको मलामी गएका व्यक्तिहरूलाई प्रहरीले सम्पर्कमा ल्याएको छ । प्रहरीका अनुसार महिलाको टोलसहित घोडाघोडी नगरपालिका- ३ का ८ र बर्दोगोरिया गाउँपालिका- २ का दुई...

संक्रमित बढ्दै गएपछि कपिलवस्तुलाई सिल गरियो

बुटवल, २९ वैशाख-कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । आज साँझ ५ बजे...

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...

औषधी व्यवसायी संघ मोरङद्धारा माक्स तथा सेनिटाइजर वितरण

विराटनगर, चैत ७–नेपाल औषधी व्यवसायी संघ मोरङले शुक्रवार विराटनगरको तीनपैनी चौकमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुनबाट जोगाउने उद्देश्यले माक्स वितरण गर्नुको साथै कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको...

नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायु सेवा निगमको बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि उडान भर्ने भन्दै यात्रुलाई विमानस्थलको हलमा राखेर अन्तिममा फिर्ता पठाएपछि आक्रोशित हुम्लाका यात्रुहरूले कार्यालय प्रमुखको कार्यकक्षमा ताला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्