चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन
मङ्गलबार, २६ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ ।
विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।
उनले चोरीको मोटसाइकलमा प्रदेश नं. १–०१–०१३ प ७०२२ राखेर कुदाउने गरेको भन्दै प्रहरी प्रधान कार्यालय साउन २१ गते बेनामे उजुरी दर्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा दर्ता भएको उजुरीको नम्बर ४५६ रहेको छ ।
उक्त कार्यालयमा जेठ १६ गते वरिष्ठ सइ महतराविरुद्ध उजुरी परेको थियो । महतराविरुद्ध उजुरी परेपछि छानविनको लागि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा उक्त पत्र पढाएको छ ।
उजुरी उपर छानविन भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कंडेलले जानकारी दिए । ‘उजुरी दर्ता भएपछि अहिले छानविन भइरहेको छ,’ उनले भने । उजुरीमा परेजस्तो छानविनबाट प्रमाणित भए कारवाहीको भागिदार हुने उनले बताए । ‘प्रहरी संगठनको मुल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने जोकोही पनि कारवाहीको भागिदार बन्नेछन्,’ एसपी कंडेलले भने ।
सई महतरा यसअघि इलका प्रहरी रानी विराटनगरमा लेखापाल रहेका थिए । उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन् । इप्रका रानीमा हुँदादेखि उनी चोरीको मोटसाइकल प्रयोग गर्दै आएको उजुरीमा उल्लेखछ । इप्रका रानीमा लेखापाल रहदा महतराले तस्करीसँग पनि मोटो रकम असुली गर्ने गरेको आरोप लागेको छ । लामो समय रानीमा बस्दा चिनजान भएको तस्करसँग अहिले पनि उनी नियमित सम्र्पक गर्ने र रकम माग्ने गरेको उजुरी पत्रमा आरोप छ ।
उनको प्रहरी वृत्त कीर्तिपुर,काठमाण्डौंमा दरबन्दी भएपनि उनी काजमा प्रदेश प्रहरी कार्यालय गणमा कार्यरत रहेका छन् । कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले केही दिन अगाडि पत्रकार सम्मेलनमा दरबन्दी अनुसाका प्रहरीलाई सोही ठाउँमा पढाउने प्रतिवद्धता गरेपनि महतराको हकमा लागु भएको छैन । उनी शक्ति र पावरको आडमा ‘क’ श्रेणीको ठाउँमा काजमा बस्दै आएका छन् ।
विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार राय निर्वाचित भएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको ८औ राष्ट्रिय महाधिवेशनबाट कोशी प्रदेश बाट राय उपमहासचिबमा निर्वाचित भएका हुन् ।महासंघको उपाध्यक्षमा भुपाल...
विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ ।इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा...
विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...
काठमाडौं, १८ माघ । सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मंगलबार १९.२९ अंकले बढेको छ । आज बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ । सोमबार २८७५.०५...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी...
कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा...
सरकारले एक दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिदिएकाे छ । विश्वभर फैलिएकाे काेविड-१९ काे प्रकाेप नेपालमा फैलिन नदिन भन्दै सरकारले पूर्वसन्ध्यामा एसईई स्थगित गर्नुपरेकाे बताएकाे छ । तर, सराेकारवालाले भने सरकारकाे यस्ताे निर्णयप्रति असन्तुष्टि जनाएका छन्...
काठमाडौं, जेठ ७–नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक...